बेयरस्टोको लगातार शतक, इंग्ल्याण्डद्वारा न्युजिल्याण्डलाई ३०७ रनको लक्ष्य

सेमीफाइनल पुग्नको लागि अत्यन्त महत्वपूर्ण प्रतियोगिताको ४१ औं खेलमा विश्वकप आयोजक इंग्ल्याण्ड र न्युजिल्याण्ड प्रतिस्पर्धा भइरहेको छ।

आजको खेल जित्ने टिमले सेमीफाइनलमा स्थान बनाउने छ भने हारेको खण्डमा पाकिस्तानले खेल्ने बंगलादेशसंगको आगामी खेलको नतिजा पर्खिनु पर्नेछ। आजको खेल यदी इंग्ल्याण्डले जिते पाकिस्तानको लागि पनि सेमीफाइनल प्रवेश असम्भव जस्तो हुनेछ।  विस्तृतमा पढ्नुस 

रिभरसाइड मैदानमा टस जितेर ब्याटिंग गरेको इंग्ल्याण्डले न्युजिल्याण्डलाई ३०६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

अत्यन्त राम्रो सुरुवात गरेको इंग्ल्याण्ड ओपनर जेसन रोय र जोन्नी बेयरस्टोले पहिलो विकेटको लागि १२३ रनको साझेदारी गरे।

१९ औं ओभरमा जेसन रोयलाई जेम्स निशमले क्याच आउट गराए। रोयले ६१ बलमा ८ चौका मद्दतले ६० रन बनाए।

रोय आउट भएपछि बेयरस्टो र जोए रुट बीच दोश्रो विकेटको लागि ६९ रनको साझेदारी भयो। २४ रन बनाएका रुटलाई ट्रेन्ट बोल्टले ३१ औं ओभरमा आउट गरे।

त्यसपछि भने न्युजिल्याण्डले खेलमा कम्ब्याक गर्यो।

लगातार दोश्रो शतक बनाएका बेयरस्टो १०६ रन बनाएर आउट भए। यस अघि भारतसंग पनि उनले १११ रन बनाएका थिए। म्याट हेनरीको बलमा बोल्ड हुनु अघि उनले ९९ बलमा १५ चौका र १ छक्का प्रहार गरे।

त्यसपछि बोल्टले ११ रन बनाएका जोस बटलरलाई कप्तान विलियमसनबाट क्याच आउट गराए। २७ बलमा ११ रन बनाएका स्टोक्स दबाब हटाउन ठुलो सट खेल्ने चक्करमा स्यांटनरको बलमा क्याच आउट भए।

१२३/१ ( १८.४ ओभर ) बाट इंग्ल्याण्ड २१४/४ ( ३४.२ ओभर ) को अवस्थामा पुग्यो।

क्रिस वोक्स पनि मात्र ४ रन बनाएर आउट भए। एक किनार सम्हालीरहेका कप्तान ओएन मोर्गन हेनरीको ४७ औं ओभरमा क्याच आउट भए जस अघि उनले ४० बलमा ५ चौका मद्दतले ४२ रन बनाए।

अन्तिममा आदील रशिदले १२ बलमा १६ तथा लियाम प्लंकेटले अविजित १२ बलमा १५ रन बनाए पछि इंग्ल्याण्डले पुरै ५० ओभर ब्याटिंग गर्यो र ३०० को योगफल पार गर्यो।

५० ओभरमा ८ विकेट गुमाएर इंग्ल्याण्डए ३०५ रन बनायो।

न्युजिल्याण्डको लागि ट्रेन्ट बोल्ट ( १०-०-५६-२ ) , म्याट हेनरी ( १०-०-५४-२ ) र जिमेस निशमले ( १०-१-४१-२ ) ले २/२ तथा टिम साउदीले ( ९-०-७०-१ ) र मिचेल स्यांटनर ( १०-०-६५-१ ) ले १/१ विकेट लिए।

इंग्ल्याण्ड सेमीफाइनल पुग्न : 

न्युजिल्याण्डललाई जिते इंग्ल्याण्ड सेमीफाइनल पुग्नेछ। यदी आज हारेको खण्डमा सेमीफाइनल पुग्न पाकिस्तानले बंगलादेशसंग हार बेहोर्नुपर्छ। आज इंग्ल्याण्ड हार्यो र पाकिस्तानले बंगलादेशलाई पराजित गर्यो भने पाकिस्तान सेमीफाइनल पुग्नेछ।

न्युजिल्याण्ड सेमीफाइनल पुग्न : 

इंग्ल्याण्डलाई जिते न्युजिल्याण्ड सेमीफाइनल प्रवेश गर्नेछ।

इंग्ल्याण्डसंग पराजित भएमा पनि यदी पाकिस्तानलाई बंगलादेशले पराजित गरेमा न्युजिल्यान्ड सेमीफाइनल पुग्नेछ। आज न्युजिल्याण्ड हार्यो र पाकिस्तानले बंगलादेशलाई पराजित गर्यो भने पाकिस्तान र न्युजिल्याण्डको समान ११ अंक हुनेछ र नेट रन रेटमा अघि हुने टिम सेमीफाइनल पुग्नेछ। नेट रन रेटमा न्युजिल्याण्ड निकै अघि ( +०.५७२ ) छ भने पाकिस्तानको कमजोर नेट रन रेट ( -०.७९२ ) रहेको छ। यो स्थितिमा बंगलादेशलाई पाकिस्तानले विशाल अन्तरले पराजित गर्नुपर्नेछ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]