रुटको उत्कृस्ट शतकमा इंग्ल्याण्ड सन्तुलित

  • विकेटनेपाल, कार्तिक ३० – शुक्रबार 

कप्तान जोए रुटले शानदार शतक प्रहार गरेपछि श्रीलंका पालेकेलेमा जारी दोश्रो टेस्टको तेश्रो दिनको खेल समाप्तिमा इंग्ल्याण्डले २७८ रनको अग्रता लिएको छ।

टेस्टको पहिलो इनिंगमा २९० रन बनाएको इंग्ल्याण्डलाई श्रीलंकाले पहिलो इनिंगमा ३३६ रन बनाएपछि ४६ रनको अग्रता लिएको थियो।

४६ रनले पछि परेको अवस्थामा ब्याटिंग गरेको इंग्ल्याण्डले पहिलो ४ विकेट १०९ रनमै गुमाउन पुग्दा मात्र ६३ रनको अग्रता थियो। तर कप्तान रुटले शानदार ब्याटिंग गर्दै इंग्ल्याण्डको अग्रता २५० पार गराउन सफल भए र इंग्ल्याण्डलाई सन्तुलित अवस्थामा लिएर गए।

रुटले पाँचौ विकेटको लागि जोस बटलरसंग ७४ रन तथा सातौं विकेटको लागि बेन फोक्ससंग ८२ रनको साझेदारी गरेपछि विकेट गुमाउन पुगे। बटलरले ३४ तथा फोक्सले अविजित ५१ रन बनाएर ब्याटिंग गरिरहेका छन्। यस अघि ओपनर रोरी बर्नले ५९ रन बनाएका थिए।

टेस्ट करियरको १५ औं शतक तथा इंग्ल्याण्ड बाहिर चौथो शतक बनाउने क्रममा रुटले १४६ बलमा १० चौका र २ छक्का प्रहार गर्दै १२४ रन बनाए।

तेश्रो दिनको खेल सकिंदा इंग्ल्याण्डले ९ विकेट गुमाएर ३२४ रन बनाएको छ र २७८ रनको अग्रता लिएको छ।

श्रीलंकाको लागि अकिला दनन्जयले सर्वाधिक ६ विकेट ( २३-०-१०६-६ ) तथा दिलरुवान परेराले २ विकेट ( १९-२-८७-२ ) लिएका छन्।

यस अघि टेस्टको पहिलो दिन टस जितेर ब्याटिंग गरेको इंग्ल्याण्डले ७५.४ ओभर ब्याटिंग गर्दै २८५ रनमा सम्पूर्ण विकेट गुमाउन पुगेको थियो।इंग्ल्याण्डको लागि स्याम कुरानले सर्वाधिक ६४ ( ११९ बल १ चौका र ६ छक्का ) तथा जोस बटलरले ६३ रन ( ६७ बल, ७ चौका ) योगदान दिएका थिए। श्रीलंकन स्पिनर दिलरुवान परेराले ४ विकेट लिएका थिए।

श्रीलंकाको पहिलो इनिंगमा रोशेन सिल्भाले ८५ , दिमुथ करुनारत्नेले ६३ तथा धनन्जय डी सिल्भाले ५९ रन योगदान दिएपछि ३३६ रन बनाएको थियो। भ्रमण टोलिको लागि ज्याक लिच र आदील राशिदले समान ३/३ विकेट लिएका थिए।

३ टेस्टको सिरिज अन्तर्गत पहिलो टेस्टमा इंग्ल्याण्ड २११ रनले विजयी भएको थियो। दुई टिम बीच यस अघि सम्पन्न ५ एकदिवसीयको सिरिज इंग्ल्याण्डले ३-१ ले जितेको थियो भने एक मात्र टि-२० पनि इंग्ल्याण्डले जितेको थियो।

Joe Root
Joe Root

( फोटोहरु – आईसीसी र इंग्ल्याण्ड क्रिकेट )





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]