EPL : आज प्लेअफको दुई खेल हुँदै, फाइनल प्रवेशको लागि चितवन र पोखरा बीच प्रतिस्पर्धा

काठमाडौँमा जारि चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग टि-ट्वान्टी ( ईपीएल टि-२० ) अन्तर्गत आज प्लेअफ चरणको दुई वटा खेल हुँदैछन्।

विहान ९:३० बजे पहिलो क्वालीफायरमा सोमपाल कामी कप्तानीको चितवन टाइगर्स र बिनोद भण्डारी कप्तानीको पोखरा राइनोज प्रतिस्पर्धा गर्नेछन्। दिउसो १:३० बजे सुरु हुने दिनको दोश्रो खेल अर्थात् पहिलो इलिमीनेटरमा शरद भेसावकर कप्तानीको भैरहवा ग्ल्याडीएटर्स र सन्दिप लामिछाने कप्तानीको काठमाडौँ किंग्स-११ ले प्रतिस्पर्धा गर्नेछन्।

चितवन र पोखरा बीचको पहिलो क्वालीफायरको विजेताले फाइनलमा स्थान पक्का गर्नेछ भने पराजित हुने टोलिले दोश्रो इलिमीनेटरमा पहिलो इलिमीनेटरको विजतासंग फाइनल प्रवेशको लागि खेल्नेछ। लिग अंक तालिकामा चितवन ५ खेलमा ४ जित र १ हार बेहोर्दै अंकतालिकाको शिर्ष स्थानमा रहेर प्लेअफ पुगेको थियो। पोखरा ५ खेलमा ३ जित, १ हार र १ नतिजाविहिन नतिजापछि ७ अंक बेहोर्दै प्लेअफ पुगेको हो। भैरहवासंग समान अंक र नेट रन रेटमा पछि रहेता पनि बढी जित संख्याका कारण पोखरा दोश्रो स्थानमा रहेर प्लेअफ पुगेको हो।

भैरहवा र काठमाडौँको इलिमीनेटर खेलमा विजयी हुने टिमले पहिलो क्वालीफायरमा पराजित हुने टिमसंग दोश्रो इलिमीनेटरमा प्रतिस्पर्धा गर्नेछ भने पराजित हुने टिम प्रतियोगिताबाट बाहिरिनेछ। भैरहवा पोखरासंग बराबरी ७ अंक रहेता पनि पोखरा भन्दा कम जित भएपछि पहिलो क्वालीफायरमा छनोट हुन असफल भएको थियो। भैरहवाको लिग चरणमा ५ खेलमा २ जित, १ टाई र २ खेल नतिजाविहिन रह्यो। अर्कोतर्फ काठमाडौँ ५ खेलमा १ जित, ३ हार र १ नतिजाविहिन खेलपछि ३ अंक सहित चौंथो स्थानमा रहेर प्लेअफ पुगेको हो। समान अंक रहेता पनि ललितपुर नेट रन रेटमा पछि पर्दै पाँचौ स्थानमा रहेको थियो।

चितवन टाइगर्स गत सिजन ईपीएलको प्लेअफ चरण प्रवेश गरेता पनि इलिमीनेटरमा भैरहवासंग पराजित हुँदै बाहिरीएको थियो। पोखरा राईनोज भने गत सिजन सबै ५ खेलमा पराजित हुँदै प्लेअफ प्रवेश गर्न असफल रहेको थियो। भैरहवा गत सिजन फाइनलमा ललितपुर पेट्रिएट्ससंग पराजित भएको थियो भने काठमाडौँ किंग्स-११ दोश्रो इलिमीनेटरमा भैरहवासंग पराजित भएको थियो।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]