EPL : अपराजित यात्रा जारि राख्दै इलिमीनेटरमा भैरहवाद्वारा काठमाडौँ पराजित

काठमाडौँमा जारी एभरेस्ट प्रिमियर लिगको पहिलो इलिमीनेटरमा काठमाडौँ किंग्स-११ लाई भैरहवा ग्ल्याडीएटर्सले १६ रनले पराजित गरेको छ। यो संगै काठमाडौँ प्रतियोगिताबाट बाहिरीएको छ। जारि लिगमा भैरहवा एक मात्र अपराजित टोलि हो।

जितपछि अब भैरहवाले फाइनल प्रवेशको लागि भोलि बिहिबार पोखरा राइनोजसंग दोश्रो इलिमीनेटरमा प्रतिस्पर्धा गर्नेछ। आजै सम्पन्न पहिलो क्वालीफायरमा पोखरा चितवनसंग ९ विकेटले पराजित भएको थियो। पोखरा बिरुद्ध जितपछि चितवनले फाइनलमा स्थान पक्का गरिसकेको छ।

टियु अन्तर्राष्ट्रिय मैदान किर्तिपुरमा सम्पन्न खेलमा भैरहवाले दिएको १८९ रनको लक्ष्य पछ्याएको काठमाडौँले पुरै २० ओभर ब्याटिंग गरेता पनि ८ विकेट क्षेतीमा १७२ रन मात्र बनाउन सक्यो।

लक्ष्य पछ्याउने क्रममा काठमाडौँको लागि ओपनर अशान प्रियन्जनले सर्वाधिक ६८ रन बनाए जुन क्रममा ४८ बलमा ५ चौका र ४ छक्का प्रहार गरे। यस्तै जनक प्रकाशले २८ , अमित श्रेष्ठले १९, दिनेश अधिकारीले १५ तथा राजु रिजालले १० रन योगदान दिए। भैरहवाको बलिंगमा धम्मिका प्रशाद  ( ४-०-३९-२ ) , कुशल मल्ल ( ३-०-२२-२ ) र आरिफ शेख ( ३-०-२२-२ ) ले समान २ विकेट तथा दुर्गेश गुप्ताले १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको भैरहवाले निर्धारित २० ओभरमा ८ विकेट क्षेतीमा १८८ रन बनाएको थियो।

भैरहवाको ब्याटिंगमा कप्तान शरद भेसावकरले सर्वाधिक ४९ रन बनाए जुन क्रममा मात्र २० बल सामना गर्दै ७ चौका र ३ छक्का प्रहार गरे। शरद ईपीएल इतिहासकै छिटो अर्धशतक बनाउन भने चुक्न पुगे। यसै प्रतियोगितामा ललितपुर पेट्रिएट्सका अज्मतुल्लाह ओमरजाईले बिराटनगर वारियर्स बिरुद्ध २१ बलमा अर्धशतक बनाउदै लिग इतिहासकै छिटो अर्धशतकको रेकर्ड बनाएका थिए।

यस्तै प्रदिप ऐरीले २७ बलमा ६ चौका र छक्का मद्दतले ३९, उपुल थारांगाले ३३ बलमा ५ चौका मद्दतले ३५, कुशल मल्लले २० बलमा ४ छक्का मद्दतले ३२ तथा आरीफ शेखले ८ बलमा १ चौका र १ छक्का मद्दतले १५ रन बनाए।

९५ रनमा ४ विकेट गुमेको अवस्थामा छैठौं नम्बरमा ब्याटिंगमा आएका शरदले कुशल मल्लसंग पाँचौ विकेटको लागि २९ बलमा ६१ रनको महत्वपूर्ण साझेदारी गरे। त्यस अघि प्रदिप ऐरी र उपुल थारांगाले दोश्रो विकेटको लागि ४७ रनको साझेदारी गरेका थिए।

काठमाडौँ किंग्स-११ को बलिंगमा सन्दिप लामिछाने ( ४-०-३६-२ ) , अशान प्रियन्जन ( ३-०-१७-२ ) ले समान २ विकेट लिए भने पहिलो पटक मौका पाएका शेर मल्ल , जितेन्द्र मुखिया र जनक प्रकाशले समान १ विकेट लिए।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]