४ कुरा जसले बनाउनेछ एभरेस्ट प्रिमियर लिगलाई बिशेष

  • विकेटनेपाल, १५ साउन

एभरेस्ट प्रिमियर लिग टि-२० प्रतियोगिताको दोश्रो संस्करण यो बर्ष डिसेम्बरमा आयोजना हुने भएकोछ l आज आइतबार काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमाझ  घोषणा गरिएको प्रतियोगिता यो भन्दा अघिको भन्दा धेरै कारणले फरक हुने बताईएको छ l

प्रतियोगिता के कारणले फरक हुनेछ र के-के विशेषताहरु हुनेछन् लगायत जान्नैपर्ने ४ कुराहरु विकेटनेपालको यो प्रस्तुतिमा समेटेका छौ l

 

१. सहर केन्द्रित टिम 

एभरेस्ट प्रिमियर लिगको गतबर्षको सिजन र त्यो भन्दा अघि २०१४ मा भएको नेपाल प्रिमियर लिगमा ६ वटा टोलिहरु बिभिन्न ब्यबसायीक ब्राण्डहरुको नाममा थिए l तर एभेरेस्ट प्रिमियर लिगमा ति सबै टोलिहरु हुने छैनन् l यसपालि प्रतियोगितामा सहभागी हुने टोलिहरु ६ वटा बिभिन्न सहरहरुको नाममा हुनेछ l

काठमाडौँ, ललितपुर, भैरहवा, बिराटनगर, बिरगंज र पोखरा गरि ६ सहरको टोलिहरु यो पालि सहभागी हुनेछन् l यसभन्दा अघि ६ टिमहरु पन्चकन्या तेज, कान्तिपुर गोर्खा, सगरमाथा लेजेन्डस, बिशाल वारियर्स, जगदम्बा राइनोज र कलर्स एक्स-फ्याकटर्स थियो l

२. अक्सनद्वारा खेलाडी छनौट

एभरेष्ट प्रिमियर लिगमा खेलाडीहरुको छनौट अक्सनद्वारा गरिनेछ l यसभन्दा अघिको सिजनमा खेलाडीहरुलाई रास्ट्रिय, यु-१९ र क्षेत्रीय गरि बर्गिकरण गरेर पैसा दिईएको थियो l यसपालिको सिजनमा प्रत्येक टिममा १५ जना खेलाडी हुनेछन् जसमध्ये १० जना खेलाडीहरुको छनौट अक्सन मार्फत गरिनेछ l खेलाडीको बर्गिकरण ए, बि र सी गरि ३ वटा श्रेणीमा गरिनेछ जसमध्ये ‘सी’ श्रेणीको ४ जना खेलाडीहरु टिमले अनिवार्य किन्नुपर्नेछ l

प्रतियोगिता घोषणा कार्यक्रममा प्रतियोगिताका निर्देशक आमिर अख्तर र पारस खड्का l

नेपालमा पहिलो पटक धनगढी क्रिकेट लिग र धनगढी प्रिमियर लिगमा खेलाडीहरुको छनौट अक्सनमार्फत गरिएको थियो l

३. सर्बाधिक धनराशी

एभरेस्ट प्रिमियर लिग नेपालकै सर्बाधिक धनराशीको प्रतियोगिता हुनेछ l यस अघि रास्ट्रिय खेलकुद परिषदले आयोजना गरेको प्रधानमन्त्री कपको बिजेताले २० लाख रुपैयाँ पाएकोमा एभरस्ट प्रिमियर लिगको बिजेताले भने १ लाख बढी रु. २१ लाख रुपियाँ पाउनेछ l

४. बिदेशी खेलाडीहरु

ठुलो स्तरको घरेलु लिगमा नेपालमै पहिलो पटक बिदेशी खेलाडीहरु समेत खेल्नेछन् l यो भन्दा अघिको एभरेस्ट प्रिमियर लिग, धनगढी प्रिमियर लिगमा बिदेशी खेलाडीहरु राख्ने अनुमति थिएन l

यसपालि ईपीएलमा प्रत्येक टिमले ३ जना बिदेशी खेलाडीहरु राख्नै पर्नेछ जसलाई चुन्ने काम टिमलेनै गर्नेछ l

घोषणा हुन बाँकी

लिगमा सहभागी हुने टिमका मालिकहरु देशकै चर्चित उद्योगपतिहरु हुने बताईएको भए पनि को-को हुने घोषणा केहि पछि गरिने आयोजकले बताएको छ l यस्तै अक्सनमा खेलाडीहरुको निम्नतम मूल्य कति रहने, टिमको आइकोन खेलाडी को-को हुने, खेलाडीहरु अक्सनमा सहभागी हुने तरिका लगायत बिषयहरुको घोषण छिट्टै गरिने आयोजकले बताएको छ l

यो बाहेक यसपालि एभरेस्ट प्रिमियर लिग आयोजनाको हिसाबले स्तरीय हुने आयोजकले बताएका छन् l मैदानको सजावट, दर्शकको मनोरञ्जन, लाइभ डिजे लगायतको स्तरीय ब्यबस्था गरिने जसको लागि इन्डियन प्रिमियर लिगको आयोजनामा लामो समय अनुभब भएका ब्यक्तिहरुको उपस्थिति रहने भनिएको छ l

एभरेष्ट प्रिमियर लिग आयोजना निर्देशक आमिर अख्तरसंग कुराकानी

 





थप समाचार

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]