डी भिल्लियर्स पछि डु प्लेसिस पनि नखेल्ने

  • विकेटनेपाल, माघ २० – शनिबार

भारतको दक्षिण अफ्रिका भ्रमण अन्तर्गत जारि एकदिवसीय खेलको सिरिजमा दक्षिण अफ्रिका अर्को झट्का लागेको छ ।

बिहिबार सम्पन्न पहिलो एक दिवसीयमा घाइते भएका कप्तान फाफ डु प्लेसिसले सिरिज अन्तर्गतका बाकीं ५ एकदिवसीय र ३ टी-२० क्रिकेटको सिरिज गुमाउने भएका हुन्। यो भन्दा अगाडी पहिलो तिनवटा एकदिवसीय खेलका लागि एबी डी भिल्लियर्स घाइते भईसकेका छन् ।

पहिलो एकदिवसीय खेलमा घरेलु टोलिबाट शतक प्रहार गर्दै आफ्नो टिमको नेतृत्व गरेका कप्तान डु प्लेसिस घाइते भएसँगै टिमलाई ठुलो क्षति पुग्ने निश्चित छ। डर्बनमा भएको पहिलो एकदिवसीय क्रिकेट भारतले ६ विकेटले जित्दै सिरिजमा १-० को अग्रता लिएको छ।

घाइते डु प्लेसिसको ठाउँमा अलराउन्डर फरहान बेहरादीनलाई बोलाईएको छ भने हेईनरिच क्लासेनलाई पनि रिजर्ब किपरको रुपमा पहिलोपल्ट रास्ट्रीय टोलीमा स्थान दिईएको छ।

पहिलो एकदिवसीयमा शतक बनाएपछि डु प्लेसिस

यस्तै बाँकी खेलको कप्तान को रहनेछ भन्ने कुराको जानकारी शनिबार गराईने दक्षिण अफ्रिका क्रिकेटले जनाएको छ।

पहिलो एकदिवसीय क्रिकेटमा डु प्लेसिसले आफ्नो करियरको नवौं शतक प्रहार गरेका थिए । १२० रन बनाउन ११२ बलमा ११ चौका र २ छक्का प्रहार गरेका उनको महसुस घरेलु टोलीले गर्नेमा कुनै शंका छैन।

३३ बर्षीय डु प्लेसिसले भारतबिरुद्द खेलेका १३ एकदिवसीय क्रिकेटमा ५९.८१ को औसतमा २ शतक सहित ६५८ रन बनाएका छन् जुन उनको करियरको औसत (४४.६८) भन्दा करिब करिब १५ ले बढी हो ।

यस्तै भारतबिरुद्द घरेलु जमिनमा खेलेको ४ खेलमा १ शतक सहित १८९ रन बनाएका छन्।

यस्तो छ खेल तालिका:

पहिलो एकदिवसीय: १ फेब्रुअरी, डर्बन – भारत ६ विकेटले बिजयी

दोश्रो एकदिवसीय: ४ फेब्रुअरी, सेन्चुरियन

तेस्रो एकदिवसीय: ७ फेब्रुअरी, केप टाउन

चौथो एकदिवसीय: १० फेब्रुअरी, जोहानेसवर्गमा

पाचौं एकदिवसीय: १३ फेब्रुअरी, पोर्ट एलिजावेद

छैठौं एकदिवसीय: १६ फेब्रुअरी, सेन्चुरियन





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]