सुदुरपश्चिमको अग्रतामा वर्षा बाधक, पूर्वान्चल पुनः निरिह

  • विकेटनेपाल- १२ जेठ

सुदुरपश्चिमाञ्चलले बनाएको १५३ रनको लक्ष पछ्याउने क्रममा पूर्वान्चलले २२ रनको स्कोरमै ४ विकेट गुमाईसकेको थियो त्यसपछि लन्च ब्रेकको लागि रोकिएको खेल लगातार वर्षाको कारण सुरु हुन नपाएपछि रोमान्चक हुने अपेक्षा गरिएको खेल नतिजाबिहिन टुंगिन पुग्यो l

स्कोरकार्ड, अंकतालिका 

प्रधानमन्त्री कप अन्तर्गत समुह ‘बि’ अन्तर्गत चौथो खेलमा टस जितेर ब्याटिंग गरेको सुदुरपश्चिमाञ्चलले विजय रानाको अर्धशतक मदतले पहिलो इनिंगमा ४५.२ ओभरमा सबै विकेट गुमाई १५३ रन बनाउन सक्यो l पहिलो ४ विकेट ४० रनको स्कोरमा गुमाएपछि रानाले एक किनार निरन्तर सम्हालेका थिए l पाचौ विकेटको लागि सन्तोष भट्ट ( २२ ) संग ४४ रनको तथा छैठौ विकेटको लागि अनिल थापा ( ११ ) संग २९ रन साझेदारी गरेका रानाले अर्को किनारमा ब्याट्सम्यानहरुको साथ पाएनन् l ५५ रनको संघर्षपूर्ण इनिंग खेलेका रानाले १०८ बलको सामना गर्दा २ चौका प्रहार गरे l इनिंगको अन्तिम विकेटको रुपमा पुष्प थापाको बलमा बोल्ड हुनु अघि दाँया हाते ब्याट्सम्यान रानाले धैर्यताको परिक्षा पास गरिसकेका थिए l

पूर्वान्चल बलर पुस्प थापा र सागर ढकालले ३/३ विकेट आफ्नो नाम गरे l किफाएति बलिंग गरेका ढकालले १० ओभरमा १ मेडन ओभर सहित मात्र १८ रन खर्चिए भने थापाले ९.२ ओभरमा ३१ रन खर्चिए l

bijay rana
विजय राना

जवाफमा ब्याटिंग गरेको पूर्वान्चलले ४ ओभरमा पहिलो ४ विकेट २२ रन कुल स्कोरमा गुमायो l सागर भण्डारीले पहिलो ओभरमा बिधान गोस्वामी (०) लाई पेभेलियन फर्काएपछि सुरु भएको विकेट पतनलाई दोश्रो ओभरमै बलिंग गर्न आएका देब्रेहाते स्पिनर बिनोद लामाले निरन्तरता दिए l अंकित सुबेदी ( ८) लाई व्यक्तिगत पहिलो ओभरको चौथो बलमा तथा रबि रोय ( २) लाई दोश्रो ओभरमा बोल्ड गरेका लामाले सोहि ओभरको तेश्रो बलमा मुकुन्द यादब (०) लाई एलबिडब्लु धरापमा पारेपछि पूर्वान्चल ४ ओभरमा २२/४ को खराब स्थितिमा पुग्यो l

त्यसपछि त्यसपछि लन्च समय भएको थियो जुनबेला सुरु भएको वर्षाको कारण खेल सुचारु हुनसकेन जसकारण नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी रहेको समुहमा परेका दुवै टिमको पहिलो जित हात पार्ने चाहना पुरा हुन पाएन l

प्रतियोगिता अन्तर्गत शनिबार सुदुरपश्चिमाञ्चल र त्रिभुवन आर्मी क्लब बीचको खेल हुनेछ जसले समुह बाट सेमीफाइनल पुग्ने टिमको टुंगो लगाउनेछ l

 





थप समाचार

श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्दा भारतलाई आठौँ पटक एसिया कप उपाधि

एकतर्फी खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारतले आठौँ पटक एसिया […]

ग्लोबल कप खेल्न नेपाली भेट्रान्स टिम पाकिस्तान प्रस्थान

पाकिस्तानमा यही सेप्टेम्बर १९ देखि अक्टोबर २ तारिखसम्म आयोजना हुने ४० वर्ष माथिको क्रिकेट ग्लोबल कप ( Over 40s Cricket […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने […]

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक […]

क्यान अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने

नेपाल क्रिकेट सङ्घ क्यानको केन्द्रीय साधारण सभा तथा अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने भएको छ । नेपाल […]

एसियन गेम्सको लागि अभ्यास सुरु

१९ औँ एसियाली खेलकुदका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रशिक्षण थालेको छ । नेपाली राष्ट्रिय टोलीका सदस्यले आज बुधवारदेखि त्रिवि […]