१९ बैशाख राजबिराज ।
राजबिराज नगरपालिका वडा नं. ५ को आयोजना तथा लायन्स क्रिकेट एकेडेमीको आयोजनामा संचालित वडा स्तरीय क्रिकेट प्रतियोगिताको उपाधि वडा नं. ३ ले वडा नं. ४ लाई ४६ रनले पराजित गर्दै उपाधि माथी लगातार दोश्रो बर्ष कब्जा गरेको छ ।
बिहिवार सम्पन्न भएको फाईनल खेलमा वडा नं. ३ ले टस जिति पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा ४ बिकेटको नोक्सानीमा १ सय ६६ रन बनाएका थिए । वडा नं. ३ का लागि अमित यादवले आर्कषक ब्याटिंग गर्दै ५६ बलमा ७ चौक्का र २ छक्काको मद्धतले नटआउट रहि ७० रनको योगदान दिएका थिए भने अमित संगै बिकास दासले नटआउट रहि २८ रनको योगदान दिएका थिए । त्यसै गरि प्रशान्त राई २४, अविनाश कर्ण १६ तथा प्रशान्त दासले ११ रनको योगदान दिएका थिए । बलिंग तर्फ वडा नं. ४ का तर्फबाट उपेन्द्र रायले २ तथा चित्र बहादुर बिष्टले १ बिकेट लिएका थिए ।
१ सय ६७ रनको लक्ष्य लिई मैदानमा ओर्लेको वडा नं. ४ का खेलाडिहरु १८ ओभर ४ बलमा सम्पुर्ण बिकेट गुमाई १ सय २० रनमै समेटिएको थियो । वडा नं. ४ का लागि पप्पु यादव २५, महवुव आलम २४, चित्र बिष्ट १९, उपेन्द्र राय १५, रेवति राय ११ तथा रोशन साहले १० रनको योगदान दिएका थिए । बलिंग तर्फ रोबिन सिंह र बिशाल मण्डलले सामान २ बिकेट लिएका थिए भने बिकास दास र कारी झाले सामान १ बिकेट लिएका थिए । खेलको म्यान अफ द म्याच वडा नं. ३ का तर्फबाट उत्कृष्ट ब्याटिंग गर्ने अमित यादवलाई ट्रफी तथा प्रमाण पत्रद्धारा सम्मान गरिएको थियो ।
प्रतियोगिता अन्र्तगत उत्कृष्ट ब्याटिंग गरे वापत वडा नं. ५ का बिवेक यादवलाई बेष्ट ब्याटसम्यान तथा वडा नं. ३ का अमित यादवलाई म्यान अफ द सिरजको पुरस्कार प्रदान गरिएको थियो । बिजेता तथा उपबिजेता खेलाडिहरुलाई राजबिराज नगरपालिकाका प्रमुख शम्भु यादव, उपप्रमुख साधना झा, राजबिराज नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष सुर्दशन सिंह, वडा नं. ५ का वडा अध्यक्ष समिर झा, सप्तरी क्रिकेट संघका सचिव आयुश श्रेष्ठ, वडा नं. ५ का वडा सदस्य गंगा सागर गुप्ता, समाजसेवी शुशिल मण्डल, टेक बहादुर आले लगायतले ट्रफि, नगद तथा प्रमाण पत्र बितरण गर्नु भएको थियो । कार्यक्रमको संचालन पवन दासले गरेका थिए ।