फाइनल समीकरण पुरा : रुपन्देही सुपर लिग

मनोरञ्जन शर्मा
भैरहवा, ३ फागुन

श्री शिबशक्ती क्रिकेट क्लब भैरहवा, नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको फाइनलमा प्रबेश गरेको छ । उपाधीका लागी बुधबार श्री शिबशक्तीले लुम्बिनी खुकुरी क्रिकेट क्लबसंग प्रतिष्पर्धा गर्नेछ ।

मंगलबार सम्पन्न दोश्रो सेमिफाइनल खेलमा एपेक्स क्रिकेट क्लब शंकरनगर(तिलोत्तमा नगर पालिका)लाई ९० रनको फराकिलो अन्तरले पराजित गर्दै श्री शिबशक्ती फाईनलमा प्रबेश गरेको हो ।

टस जितेर ब्याटिंग रोजेको श्री शिबशक्तीले निर्धारित ४० ओभरको खेलमा ७ विकेट गुमाई २ सय ३४ रनको योगफल तयार गरेको थियो । जसमा अनिल थापाले सर्बाधिक ६८ रन बनाए भने कृष्ण सेनले ४२, निकेश जुगजालीले ३३, कृष्ण कार्किले १८ रनको योगदान दिए ।

एपेक्सका मैनुद्धिन खान, अनिल खरेल र महेन्द्र सुबेदीले समान २।२ विकेट लिए ।

प्रतिउत्तरमा जितका लागी श्री शिबशक्तीबाट पाएको २ सय ३५ रनको लक्ष्य पछ्याउने क्रममा एपेक्स ३१ ओभर ३ बलमा सबै विकेट गुमाई १ सय ४४ रन मात्र बनाई हार ब्यहोरयो ।

एपेक्सका अजय कौशिल्याले ३६, बसीर अहमदले २८, र मैनुद्धिन खानले १८ रन बनाए पनि हार टार्न सकेनन् । एपेक्सलाई सस्तैमा आउट गर्ने क्रममा श्री शिबशक्तीका दुर्गेश कुर्मि, कृष्ण कार्की र याम क्षेत्रीले समान २।२ विकेट लिए ।

खेलमा श्री शिबशक्तीका अनिल थापा म्यान अफ द म्याच हुँदै पुरस्कृत भए ।

अब रुपन्देही सुपर लिगको उपाधीका लागी बुधबार श्री शिबशक्ती क्रिकेट क्लबले लुम्बिनी खुकुरी क्रिकेट क्लबसंग प्रतिष्पर्धा गर्नेछ l

रुपन्देही क्रिकेट संघको आयोजना, नेपाल टेलिकमको प्रमुख प्रायोजन र बुम रेमिटको सहप्रायोजनमा जारी प्रतियोगिता फागुन ४ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताका बिजेताले ५० हजार, उपबिजेताले २५ हजार, उत्कृष्ट खेलाडीले १० हजार, उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यान दुबैले ५/५ हजार नगद पुरस्कार पाउने छन् ।

( फोटो :  श्री शिबशक्ती क्रिकेट क्लबका अनिल थापा म्यान अफ द म्याचको पुरस्कार लिदै । )





थप समाचार

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]

तेस्रो खेलमा नेपाल पराजित

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको तेस्रो अभ्यास खेलमा पराजित भएको छ । आइतबार […]

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]