गण्डकी सुपर ओभरमा विजयी

काठमाडौं । गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध सुपर ओभरमा विजयी भएको छ।

सिद्धार्थ क्रिकेट मैदानमा सोमबार सम्पन्न खेलमा दुवै टाेलीले २४६ रन बनाएपिछि खेलको निर्णय सुपर ओभरबाट गरिएको हो।

सुपर ओभरमा गण्डकीले दिएको २३ रनको लक्ष्य पछ्याएको मधेशले ९ रन मात्रै बनाउ सक्यो र खेलमा १३ रनले पराजित भयो।

मधेशका लागि रुपेशसिंहले ६ र पवन सराफले तीन रन बनाए।

त्यसअघि गण्डकीले सुपर ओभरमा २२ रन बनाएको थियो। गण्डकीका लागि अमृत गुरुङले १३ र सुदीप अर्यालले ६ रनको योगदान गरे। मधेशका लागि रुपेशसिंहले दुई विकेट लिए।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy