गणपतिले जित्यो मधेश प्रिमियर लिग

गणपति क्रिकेट टिम ( राजविराज ) ले दोश्रो मधेश प्रिमियर लिगको उपाधि जितेको छ l सप्तरीको राजविराजमा संचालित प्रतियोगिताको फाइनलमा गणपतिले मेसु लंका क्रिकेट टिमलाई ५ विकेटले पराजित गर्यो l

यु-१९ रास्ट्रिय क्रिकेटर दिपेन्द्र ऐरी उत्कृस्ट बलर
यु-१९ रास्ट्रिय क्रिकेटर दिपेन्द्र ऐरी उत्कृस्ट बलर

प्रतियोगिताको उत्कृस्ट खेलाडी गणपतिका विजय भारती, उत्कृस्ट ब्याट्सम्यान अमल दास ( गणपति ) तथा उत्कृस्ट बलर गणपतिकै दिपेन्द्र ऐरी घोषित भए l बिजेता टोलिले १ लाख रुपैया पायो l सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले बिजयी खेलाडीहरुलाई पुरस्कार प्रदान गरेका थिए l

टस जितेर फाइनलमा ब्याटिंग गरेको मेसु लंकाले निर्धारित २० ओभरमा १२७/८ को स्कोर बनायो l गणपतिको तर्फ बाट दिपेन्द्र ऐरीले सर्बाधिक ३ विकेट हात पारे भने स्थानीय स्टार खेलाडी मेहबुब आलम र विजय भारतीले २/२ विकेट हात पारे l ब्याटिंग तर्फ मेसुका बिधान गोस्वामीले ३०, शेखर झाले २६ रन योगदान दिए l

१२८ रनको लक्ष पछ्याएको गणपतिले १८.३ ओभरमै लक्ष पुरा गर्यो l अमल दासले सर्बाधिक ४७, राजेश सिंगले २१ तथा मेहबुब आलमले २० रन बनाए l  मेसुका बलर रबिन सिंह र बिटु कुमारले २/२ विकेट हात पारे l

Wicket Nepal

Brevity is the soul of wit. Even if you're William Shakespeare, you don't want to write an author bio that fills up the entire back cover. In an odd twist of logic, the more accomplished you are as an author, the shorter your author bio can be

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy