गणपतिले जित्यो मधेश प्रिमियर लिग

गणपति क्रिकेट टिम ( राजविराज ) ले दोश्रो मधेश प्रिमियर लिगको उपाधि जितेको छ l सप्तरीको राजविराजमा संचालित प्रतियोगिताको फाइनलमा गणपतिले मेसु लंका क्रिकेट टिमलाई ५ विकेटले पराजित गर्यो l

यु-१९ रास्ट्रिय क्रिकेटर दिपेन्द्र ऐरी उत्कृस्ट बलर
यु-१९ रास्ट्रिय क्रिकेटर दिपेन्द्र ऐरी उत्कृस्ट बलर

प्रतियोगिताको उत्कृस्ट खेलाडी गणपतिका विजय भारती, उत्कृस्ट ब्याट्सम्यान अमल दास ( गणपति ) तथा उत्कृस्ट बलर गणपतिकै दिपेन्द्र ऐरी घोषित भए l बिजेता टोलिले १ लाख रुपैया पायो l सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले बिजयी खेलाडीहरुलाई पुरस्कार प्रदान गरेका थिए l

टस जितेर फाइनलमा ब्याटिंग गरेको मेसु लंकाले निर्धारित २० ओभरमा १२७/८ को स्कोर बनायो l गणपतिको तर्फ बाट दिपेन्द्र ऐरीले सर्बाधिक ३ विकेट हात पारे भने स्थानीय स्टार खेलाडी मेहबुब आलम र विजय भारतीले २/२ विकेट हात पारे l ब्याटिंग तर्फ मेसुका बिधान गोस्वामीले ३०, शेखर झाले २६ रन योगदान दिए l

१२८ रनको लक्ष पछ्याएको गणपतिले १८.३ ओभरमै लक्ष पुरा गर्यो l अमल दासले सर्बाधिक ४७, राजेश सिंगले २१ तथा मेहबुब आलमले २० रन बनाए l  मेसुका बलर रबिन सिंह र बिटु कुमारले २/२ विकेट हात पारे l





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]