पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ।

भैरहवाको एक्स्ट्रा टेक ओभलमा आइतबार सम्पन्न खेलमा कोशीले गण्डकीमाथि ९ विकेटको शानदार जित निकालेको हो।

गण्डकीले दिएको ३२ रनको सामान्य लक्ष्य कोशीले ८.२ ओभरमा ९ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो।

उसका लागि ओपनरद्धय साकिब हकले अविजित १६ र चिराग साहले १० रन बनाए ।

त्यअघि टस जितेर पहिले ब्याटिङ गरेकाे गण्डकीका लागि कुनै पनि ब्याटरले दोहोरे अंकमा रन बनाउन सकेनन्। उसका चार ब्याटर शून्य रनमा आउट भए। पीएम कपमा यो स्कोर अहिले सम्मकै पहिलो इनिङमा बनेको सर्वाधिक कम योगफल हो। यसअघि सन् २०१९ को पीएम कपको दोस्रो सेमिफाइनलमा नेपाल एपिएफ क्लब नेपाल पुलिस क्लबविरुद्ध ४१ रनमा समेटिएको थियो।

गण्डकीलाई सस्तै रनमा समेटन कोशीका लागि विपिन महतोले ८ ओभर बलिङ गर्दै १७ रन खर्चिएर ६ विकेट लिए। फिर्दोस अन्सारीको नाममा ३ तथा दीपेश कंडेलको नाममा १ विकेट रह्यो।

जितसँगै पाँच खेलबाट काेशीले पहिलाे दुई अंक जाेडेकाे छ भने गण्डकीले चाैथाै खेलमा तेस्राे हार ब्यहाेरेकाे छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy