कारवाहीको निर्णय पुनर्विचार गर्न क्यान समक्ष खेलाडीहरुको माग

नेपाल क्रिकेट संघ ( क्यान ) को अनुशासनको कारवाहीमा परेका ज्ञानेन्द्र मल्ल सहित चार राष्ट्रिय क्रिकेटरहरु दिपेन्द्र ऐरी, सोमपाल कामि र कमल सिंह ऐरीले क्यानद्वारा गरिएको कारवाही पुनर्विचार गरियोस् भन्ने माग राखेका छन्।कारवाहीमा परेका मल्ल सहित खेलाडीहरुले शुक्रबार पत्रकार सम्मेलन गर्दै अधिकारिक धारणा सार्वजनिक गरेका हुन्। क्यानले मल्ललाई कप्तान र ऐरीलाई उपकप्तानबाट हटाउदै चार जना क्रिकेटरलाई २०२२ को पहिलो ६ महिना अनुबन्धबाट हटाउने निर्णय गरेको थियो।

“हामि अहिले पनि चाहन्छौं, नेपाली क्रिकेटमा देखिएका सबै समस्या हल गरौँ, खेलका लागि राम्रो वातावरण बनोस्। यसका लागि नेपाल क्रिकेट संघ ले अभिभावकीय भूमिका खेल्दै यो निर्णयलाई पुनर्विचार गरोस्।” खेलाडीहरुले जारि गरेको बिज्ञप्तिमा उल्लेख छ।

निर्णय पुनर्विचार नगरिए क्रिकेट छाड्ने स्थिति आउन सक्ने समेत बिज्ञप्तिमा उल्लेख छ “हामि र हामि जस्ता क्रिकेट खेलमा भविश्य खोजिरहेका खेलाडीहरुले ब्याट र बल छाड्नुपर्ने दुर्भाग्यपूर्ण अवस्था नबनोस्।”

“कतिपय पदाधिकारीबाट सार्वजनिक रुपमा हामीलाई लान्छना लगाउने, कारबाही गर्नेसम्मको धम्कि दिने काम भयो। तर एक्कासी कप्तान र उपकप्तान हटाउने, २०२२ मा ६ महिनासम्म सेन्ट्रल कन्ट्रयाक्टमा नराख्ने जस्ता कारवाही गरेको समाचार आए। यसले हामीलाई दुखिय बनाएको छ। के नेपाली क्रिकेटमा आजसम्म गरेको समर्पणको सम्मान यही हो ?” बिज्ञप्तिमा क्रिकेटरहरुले क्यानलाई प्रश्न चिन्ह खडा गरेका छन्।

पत्रकार सम्मेलनमा मल्लले कारवाही जारी भए खेल्ने या नखेल्ने प्रस्ट जवाफ दिएनन्। मल्लले भने – “पहिलो कुरा त हामि वहाँहरुलाई आग्रह गरिरहेका छौँ, पुनर्विचारको लागि। हामि सबै एकै परिवार हो त्यसैले यसलाई बल्झाउनु भन्दा एकै ठाउँमा आएर निकास निकालोस् भन्ने हो। हाम्रो चाहना हामीलाई सम्बाद गर्न बोलाओस् भन्ने नै हो।” क्यानले डिसेम्बर २१ तारिख देखि पोखरामा बन्द प्रशिक्षण सुरु गर्दैछ।

मल्लले आफूले गल्ति नगरेको त्यसैले क्यानसंग माफी मागेर अघि नबढ्ने समेत बताए -“गलत गरेको भए माफी माग्ने हो। हामीले त कुनै नि खेलाडीको हक हितको लागि, आधारभूत कुराको लागि कुरा राखेका हौँ। त्यसको लागि हामीले अनुशाशन तोडेको हो भन्नुहुन्छ भने मलाई जहाँ सम्म लाग्छ त्यो राम्रो हो जस्तो लाग्दैन।”

उनले वर्गीकरण र कारवाही नसच्चिए मैदानमा नफर्कने संकेत गरे- “अहिलेलाई हाम्रो ध्यान वर्गीकरण र कारवाही सच्चियोस् र सम्बादमा आओस् भन्ने हो। त्यसपछि खेल्ने वातवरण बनाईदेओस् भन्ने हो। त्यो भयो भने हामि खेल्छौं।”

मल्लले टिममा गुटबन्दि गरेको भन्ने क्यानको आरोपको खण्डन गरे – “मलाई कप्तानको जिम्मेवारी दिएपछि मलाई लाग्दैन कि मैले टोलिको नेता भैसकेपछि गुट बनाइराख्नु पर्छ। मैले गुट बनाउने भन्दा समग्र खेलाडीलाई नेतृत्व गर्ने हो। गुट अरु कसैले गर्छ भने मलाई जानकारी छैन।”

खेलाडीहरुले जारी गरेको बिज्ञप्ति





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]