गोलपार्कको जित : रुपन्देही सुपर लिग

  • विकेटनेपाल, भैरहवा, ११ माघ

लुम्विनी लायन्स क्रीकेट क्लव बुटवललाई ३१ रनले हराउदै गोलपार्क क्रीकेट क्लव भैरहवामा जारी नेपाल टेलीकम जिल्ला रुपन्देही सुपर लिग अन्तर्गत मगंलवारको खेलमा बिजयी भएको छ । ‘ए’ डिभीजनमा पुग्न भने गोलपार्कले अझ एक खेल जित्नु पर्ने छ।

टस जितेर ब्याटिंग गरेको गोलपार्क निर्धारित ३५ ओभरको खेलमा १ सय २१ रनमा अल आउट भए पनि लुम्विनीले उक्त लक्ष्य पुरा गर्न सकेन।
लुम्विनी ३२.१ ओभरमा ९० रनमै समेटियो। गोलपार्कका अरविन्द सारुले ४१ , बिनीत पौडेलले अविजित ३४ र कमल श्रेष्ठले २० रन जोडे।
लुम्विनीका बिनीत काफ्ने र बिसाल भुसालले ४/४ बिकेट तथा सरन रसाईलीले २ बिकेट लिए ।

लुम्विनीकालागि बिनीत काफ्लेले २७ र धिरेन राकेसले १९ रन बनाए पनि जितकालागि पर्याप्त हुन सकेन । खेलको म्यान अफ द म्याच गोलपार्कका बिनीत पौडेल घोषीत भए ।

भैरहवा स्थित शिद्धार्थ रगंसालामा जारी प्रतियोगीतामा बुधवार एपेक्स क्रीकेट क्लव संकर नगर र साई ग्लोवल क्रीकेट क्लव भैरहवा बिच प्रतिस्पर्धा हुने छ । बुधबारको बिजेता डिभीजन ‘ए’ मा प्रबेश गर्नेछ ।

नेपाल टेलिकमको प्रमुख प्रायोजन र बुम रेमिटको सहप्रायोजनमा जारी प्रतियोगिता फागुन ४ गते सम्म सचांलन हुने छ । प्रतियोगीताका बिजेताले ५० हजार, उपबिजेताले २५ हजार, उत्कृस्त खेलाडीले १० हजार, उत्कृस्त बलर र उत्कृस्त ब्याट्सम्यानल दुबैले ५/५ हजार नगद पुरस्कार पाउने छन् । प्रतोयोगितामा रुपन्देहीका सात वटा ‘ए’ डिविजन क्लब र १२ बटा बि डिभीजनका क्लबहरुले भाग लिएका छन् ।

सम्बन्धित :- 

Wicket Nepal

Brevity is the soul of wit. Even if you're William Shakespeare, you don't want to write an author bio that fills up the entire back cover. In an odd twist of logic, the more accomplished you are as an author, the shorter your author bio can be

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy