गोलपार्कको जित : रुपन्देही सुपर लिग

  • विकेटनेपाल, भैरहवा, ११ माघ

लुम्विनी लायन्स क्रीकेट क्लव बुटवललाई ३१ रनले हराउदै गोलपार्क क्रीकेट क्लव भैरहवामा जारी नेपाल टेलीकम जिल्ला रुपन्देही सुपर लिग अन्तर्गत मगंलवारको खेलमा बिजयी भएको छ । ‘ए’ डिभीजनमा पुग्न भने गोलपार्कले अझ एक खेल जित्नु पर्ने छ।

टस जितेर ब्याटिंग गरेको गोलपार्क निर्धारित ३५ ओभरको खेलमा १ सय २१ रनमा अल आउट भए पनि लुम्विनीले उक्त लक्ष्य पुरा गर्न सकेन।
लुम्विनी ३२.१ ओभरमा ९० रनमै समेटियो। गोलपार्कका अरविन्द सारुले ४१ , बिनीत पौडेलले अविजित ३४ र कमल श्रेष्ठले २० रन जोडे।
लुम्विनीका बिनीत काफ्ने र बिसाल भुसालले ४/४ बिकेट तथा सरन रसाईलीले २ बिकेट लिए ।

लुम्विनीकालागि बिनीत काफ्लेले २७ र धिरेन राकेसले १९ रन बनाए पनि जितकालागि पर्याप्त हुन सकेन । खेलको म्यान अफ द म्याच गोलपार्कका बिनीत पौडेल घोषीत भए ।

भैरहवा स्थित शिद्धार्थ रगंसालामा जारी प्रतियोगीतामा बुधवार एपेक्स क्रीकेट क्लव संकर नगर र साई ग्लोवल क्रीकेट क्लव भैरहवा बिच प्रतिस्पर्धा हुने छ । बुधबारको बिजेता डिभीजन ‘ए’ मा प्रबेश गर्नेछ ।

नेपाल टेलिकमको प्रमुख प्रायोजन र बुम रेमिटको सहप्रायोजनमा जारी प्रतियोगिता फागुन ४ गते सम्म सचांलन हुने छ । प्रतियोगीताका बिजेताले ५० हजार, उपबिजेताले २५ हजार, उत्कृस्त खेलाडीले १० हजार, उत्कृस्त बलर र उत्कृस्त ब्याट्सम्यानल दुबैले ५/५ हजार नगद पुरस्कार पाउने छन् । प्रतोयोगितामा रुपन्देहीका सात वटा ‘ए’ डिविजन क्लब र १२ बटा बि डिभीजनका क्लबहरुले भाग लिएका छन् ।

सम्बन्धित :- 





थप समाचार

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]