ग्लोबल टि-२० मा सन्दिप पहिलो पटक प्लेयर अफ द म्याच

ग्लोबल टि-२० क्यानडा लिग अन्तर्गत बुधबार राति मिसीसागा प्यान्थर्स विरुद्ध शानदार प्रदर्शन गरेका नेपाली लेग स्पिनर सन्दिप लामिछानेले प्लेयर अफ द म्याच अवार्ड जितेका छन्।

एक हजार डलर पुरस्कार राशिको अवार्ड जितेका सन्दिपले खेलमा मात्र ६ रन खर्चेर ३ विकेट लिएका थिए। 

ग्लोबल टि-२० लिगमा तेश्रो सिजन खेल्दै गर्दा सन्दिपले पहिलो पटक प्लेयर अफ द म्याच अवार्ड जितेका हुन्। यस अघिका सिजनहरुमा पनि राम्रो प्रदर्शन गरेका उनले प्लेयर अफ द म्याच अवार्ड भने जित्न सकेका थिएनन्। यो सिजन पनि दुई पटक उनले मोमेन्ट अफ द म्याच अवार्ड वापत पाँच सय डलर जितीसकेका थिए।

जारि लिगमा उनले ६ खेलमा १० विकेट लिईसकेका छन्। लोगान भान विक ( १२ ) र म्याथु फोर्ड ( ११ ) पछि उनि रुबेन ट्रंपलम्यानसंगै तेश्रो सर्वाधिक विकेटकर्ता हुन्। यस क्रममा सन्दिपले मात्र ४.९६ रन प्रतिओभर खर्चेका छन् भने उनको औशत ९.१० र स्ट्राइक रेट ११.० रहेको छ।

तेश्रो सिजन खेल्दै गर्दा कुल २३ विकेट लिएका सन्दिप ग्लोबल टि-२० लिग इतिहासकै सर्वाधिक विकेटकर्ता हुन्। उनले २०१८ को सिजनमा मोन्टरियल टाइगर्सको लागि खेल्ने क्रममा ८ विकेट तथा २०१९ मा टोरोन्टो नेसन्ल्सबाट खेल्दै ५ विकेट लिएका थिए।





थप समाचार

एसपीए कलेजद्वारा क्रिकेटर द्वय भट्ट र रावललाई आजीवन छात्रवृत्ति र नगदसहित सम्मान

क्रिकेटको सहरका रूपमा परिचित धनगढीमा अवस्थित एसपीए कलेजले सुदूरपश्चिमका गौरवशाली युवा क्रिकेटरहरू सचिन भट्ट र सुशील रावललाई आजीवन छात्रवृत्ति र […]

सप्तरी प्राइड लिग-७ : तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी

सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत तेश्रो दिन सम्पन्न दुईवटा खेलमा तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी भएका […]

सप्तरी प्राइड लिग-७, वारियर्स र टाइगर्स विजयी 

२७ अषाढ, राजबिराज । सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा राजगढ वारियर्स र तिरुहुट […]

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका […]

एनपीएल आयोजनाको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् […]

टी–२० विश्वकप छनोट : नेपालको खेल तालिका सार्वजनिक

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ […]