हरि चौहानको शतक र ह्याट्रिकमा प्रदेश ४ को बिशाल जित

Hari Chauhan
  • विकेटनेपाल, जेठ १६ – बुधबार

काठमाण्डौमा जारि अन्तर प्रदेश स्तरीय प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा प्रदेश नम्बर ४ ले प्रदेश नम्बर १ लाई १२९ रनको फराकिलो अन्तरले पराजित गरेको छ । (स्कोरकार्ड)

किर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिंग गरेको प्रदेश नम्बर ४ ले हरि चौहानको शतकीय पारि तथा सुमन घिमिरेको ८३ रनको आक्रामक पारी र बिपिन खत्रीको विस्फोटक फिनिशिंगको मद्दतमा निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३१० रन बनाएको थियो ।

Hari Chauhan
Hari Chauhan

हरि चौहानले जारि दोश्रो प्रधानमन्त्री कप क्रिकेटको पहिलो तथा प्रधानमन्त्री कप क्रिकेटको ईतिहासमा दोश्रो शतक प्रहार गरेका छन् । यसअघि पहिलो सिजनमा मध्यमाञ्चल बिकास क्षेत्रको तर्फबाट एपीएफ बिरुद्द १०१ रनको पारि खेलेका थिए । त्यस्तै सुमन घिमिरेले ८३ रन (५३ बल,    ६ चौका, ६ छक्का) को पारि खेल्दै छैठौं विकेटको चौहानसँग लागि ८ भन्दा माथिको औसतमा १३६ रनको साझेदारी गरेका थिए । अन्त्यमा   बिपिन खत्रीले अविजित २३ रन प्रहार गर्न मात्र ९ बलको सामना गर्दा २ चौका र त्यति नै हाने ।

Hari Chauhan
Hari Chauhan

बलिंगतर्फ सन्दीप ढुंगानाले ३७ रन तथा कप्तान पुष्प थापाले ६५ रन खर्चेर २/२ विकेट हात पार्दा मनोज तामांग र मिनस थापाको नाममा १/१ विकेट रह्यो ।

जवाफमा ३११ रनको बिशाल लक्ष्य पछ्याएको प्रदेश नम्बर १ ले ३५ ओभरमा १८१ रन बनाउँदा सबै विकेट गुमायो । अतिरिक्त ३४ रन पाएको प्रदेश १  लागि ओपनर सन्दीप ढुंगानाले ७० रनको पारि खेलेपनि अन्य खेलाडीको साथ पाएनन् । 

उसलाई सस्तैमा समेट्न ब्याटिंगमा किर्तिमान रचेका हरि चौहानले बलिंगतर्फ पनि ह्याट्रिक लिँदै नयाँ किर्तिमान रचे । उनले ४ विकेट लिनेक्रममा ओपनर रबि रोएलाई आफ्नो पहिलो ओभरमा आउट गरेभने प्रदेश १ को पारिको अन्तिम ३ बलमा ३ विकेट पनि हात पारे ।

खेलमा शतक तथा ह्याट्रिक गरेका प्रदेश नम्बर ४ का हरि चौहान म्यान अफ द म्याच घोषित भए ।

यस्तै आजै मुलपानीमा हुने भनिएको प्रदेश नम्बर ५ र प्रदेश नम्बर ७ बिचको खेल बर्षाले रद्द हुँदा दुवै टिमले १-१ अंक बाँडेका छन् । (स्कोरकार्ड)

मुलपानी मैदान

हिजो राति परेको पानिले खेल ढिलो सुरु हुँदा ३८ ओभरमा झारिएको थियो । त्यसपछि खेल सुरु गरिएपनि टस जितेर पहिले ब्याटिंग गरेको प्रदेश नम्बर ७ ले ८ ओभरमा २ विकेट गुमाएर १९ रन बनाउँदा पुनः बर्षा भएपनि थप खेल सम्भब भएन र रद्द भयो ।





थप समाचार

यु-१९ एसिया कप खेल्न नेपाली टिम युएई प्रस्थान

संयुक्त अरब इमिरेट्स (युएई) मा मङ्सिर २२ देखि पुस १ गतेसम्म आयोजना हुने एसीसी यू–१९ एसिया कपमा सहभागिताका लागि नेपाली […]

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]

नेपाली क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन् । […]

आर्मीलाई हराउँदै मधेस प्रदेशले जित्यो उपाधि

केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेस प्रदेशले जितेको छ । शुक्रबार पोखरा रङ्गशालामा भएको फाइनलमा त्रिभुवन आर्मी […]