फ्र्यांकलिन मनसुन इन्डोर क्रिकेटको उपाधी हिमालय कलेजलाई

२०८१ असार २३, शनिबार ०८:२१

काठमाडौं । फ्र्यांकलिन मनसुन इन्डोर सुपर एट क्रिकेट प्रतियोगिताको उपाधी हिमालय कलेजले जितेको छ ।

शुक्रबार भएको फाइनल खेलमा मिक्समान्डुलाई पराजित गरि हिमालयले उपाधी जितेको हो ।

फ्र्यांकलिन एजुकेशनल कन्सलटेन्सिको मुख्य प्रायोजनमा संचालित प्रतियोगितामा हिमालयले ६ विकेटको जित हात पार्दै उपाधी चुमेको हो ।

पहिले ब्याटिङ गरेको मिक्समान्डु ९ दशमलब ४ ओभरमा ७० रनमा अल आउट भयो ।

मिक्समान्डुका लागि रित गौतमले १९ तथा आशुतोष घिरैयाले १४ रन बनाए ।

हिमालयका लागि बसन्त कार्कीले तीन विकेट लिए ।

७१ रनको लक्ष्य हिमालयनले ६ दशमलब ५ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।

हिमालयका लागि खडक बोहराले ३१ तथा सुमित महर्जनले २५ रन बनाए ।

मिक्समान्डुका लागि रुपेश श्रीवास्तवले १ विकेट लिए ।

च्याम्पियन हिमालयले ५० हजार तथा उपविजेता मिक्समान्डुले २५ हजार नगद पुरस्कार पाएको थियो ।

१२ टोली सहभागी प्रतियोगिताका सबै खेलहरु ग्रेट हिमालय क्रिकेट एकेडेमीको इन्डोर क्रिकेट हलमा संचालन भएको थियो ।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy