काठमाडौं । फ्र्यांकलिन मनसुन इन्डोर सुपर एट क्रिकेट प्रतियोगिताको उपाधी हिमालय कलेजले जितेको छ ।
शुक्रबार भएको फाइनल खेलमा मिक्समान्डुलाई पराजित गरि हिमालयले उपाधी जितेको हो ।
फ्र्यांकलिन एजुकेशनल कन्सलटेन्सिको मुख्य प्रायोजनमा संचालित प्रतियोगितामा हिमालयले ६ विकेटको जित हात पार्दै उपाधी चुमेको हो ।
पहिले ब्याटिङ गरेको मिक्समान्डु ९ दशमलब ४ ओभरमा ७० रनमा अल आउट भयो ।
मिक्समान्डुका लागि रित गौतमले १९ तथा आशुतोष घिरैयाले १४ रन बनाए ।
हिमालयका लागि बसन्त कार्कीले तीन विकेट लिए ।
७१ रनको लक्ष्य हिमालयनले ६ दशमलब ५ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।
हिमालयका लागि खडक बोहराले ३१ तथा सुमित महर्जनले २५ रन बनाए ।
मिक्समान्डुका लागि रुपेश श्रीवास्तवले १ विकेट लिए ।
च्याम्पियन हिमालयले ५० हजार तथा उपविजेता मिक्समान्डुले २५ हजार नगद पुरस्कार पाएको थियो ।
१२ टोली सहभागी प्रतियोगिताका सबै खेलहरु ग्रेट हिमालय क्रिकेट एकेडेमीको इन्डोर क्रिकेट हलमा संचालन भएको थियो ।