गणेश-प्राणमाया यु-१९ टि-२० को सेमीफाइनल समीकरण पुरा

  • विकेटनेपाल, २१ भदौ

प्रथम गणेश बहादुर—प्राणमाया चित्रकार स्मृति कप यु-१९ क्रिकेट प्रतियोगिता अन्तर्गत क्वाटर फाईनल सम्मका खेलहरु बुधबार सम्पन्न भएका छन। वाईवाई ग्रेट हिमालयन क्रिकेट एकेडेमी, काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टर ( केसिटिसी) र हिमालयन क्रिकेट एकेडेमी सेमी फाईनलमा प्रबेश गरेका छन् । ओमेगा कलेज यस अघिनै सेमिफाईनल प्रबेश गरिसकेको छ ।

टुडिखेलमा  सम्पन्न प्रथम क्वाटर फाईनल खेलमा हिमालयन क्रिकेट एकेडेमीले काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टर ‘ए’ लाई ७ वीकेटले पराजित गरेको थियो। हिमालयनले टस जितेर फिल्डिङ रोज्दा ब्यटिङ गर्ने निम्तो पाएको काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टर ‘ए’ ले निर्धारित २० ओभरमा ९ वीकेट गुमाउदै ८८ रन बनाएको थियो ।  ट्रेनिङ सेन्टर ‘ए’ का निर्बिक पाठकले सर्वाधिक २६ रन बनाएका थिए। ८९ रनको बिजय लक्ष्य पछ्याउदै मैदानमा उत्रेको हिमालयनले १७.४ ओभर खेल्दै ३ विकेटको क्षतीमा ९२ रन बनाउदै सेमी फाईनलको यात्रा तय गर्यो। हिमालयनका अमृत थापाले २६ र रोशन अधिकारीले २३ रनको योगदान दिएका थिए । म्यान अफ द म्याच घोषित हिमालयनका सन्दिप खड्काले ४ ओभरमा २ ओभर मेडन गर्दै १३ रन खर्चेर ३ वीकेट लिए भने प्रतिश जी.सी.ले २ विकेट लिएका थिए ।

सुधिर चौधरी

नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा संचालन भैरहेको यु-१९ क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबारनै सम्पन्न भएको दास्रो खेल ग्रेट हिमालय  ‘बी’ लाई ९ वीकेटले हराउदै काठमाडौँ क्रिकेट ट्रेनिंग सेन्टर ‘बि’ सेमीफाईनल प्रबेश गरेको छ । टस जितेर पहिलो व्यटिङ गरेको ग्रेट हिमालय ‘बी’ १९.१ ओभरमा अलआउट हुदै ५३ रनमा समेटिएको थियो । उसको लागि रामकृण कार्कीले मात्र १३ रन बनाए भने अन्य ब्याट्सम्यानहरुको दोहोरो अंक बनाउन नसक्दा टिम कमजोर बनेको थियो । जवाफी ब्याटिङमा उत्रेको केसिटीसीले ७ दशमलब ५ ओभरमा १ विकेट गुमाउदै लक्ष्य भेट्टाएको थियो । म्यान अफ द म्याच घोषित केसिटीसीका सुधिर कुमार चौधरीले २३ बल खेल्दै ४ चौकाको मद्दतले सर्बाधिक ३२ रन बनाए भने आदिल खानले १६ रन बनाएका थिए । बलिङतर्फ केसिटीसीका प्रतिक कान्त र दिलिप यादबले समान २/२ विकेट लिन सफल भएका थिए ।

त्यस्तै मंगलबार बर्षा कारण स्थगित भएको ग्रेट हिमालय क्रिकेट एकेडेमी र मध्य पश्चिम क्रिकेट क्लब कोहोलपुर बीच भएको खेलमा ग्रेट हिमालयन १० विकेटले बिजयी भयो ।

२३ गते शुक्रबार सम्पन्न हुने सेमी फाईनलको पहिलो खेल ओमेगा कलेज ललितपुर र काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टर बीच हुनेछ भने दास्रो खेल ग्रेट हिमालयन क्रिकेट एकेडेमी र हिमालयन क्रिकेट एकेडेमी बीच हुनेछ ।

( फिचर फोटो – टिम काठमाडौँ क्रिकेट ट्रेनिंग सेन्टर )





थप समाचार

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]

दिल्लीको पहिलो हार

काठमाडौँ । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो हार बेहोरेको छ। आइतबार सम्पन्न खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई […]