विश्वकप छनोट एसिया : नेपाल हंगकंगसंग स्तब्ध

युएईमा आज सुरु भएको टि-ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत पहिलो खेलमा नेपाल हंगकंगसंग ६ विकेटले पराजित भएको छ। टि-ट्वान्टी अन्तर्राष्ट्रियमा नेपाल हंगकंगसंग पराजित भएको यो पहिलो पटक हो।

युएईको आईसीसी ग्लोबल एकेडेमी मैदानमा नेपालले दिएको १०५ रनको लक्ष्य हंगकंगले ४ विकेट क्षेतीमा २ ओभर बाँकी रहँदै भेटायो। हंगकंगको ब्याटिंगमा ओपनर मरिको हिलले सर्वाधिक ४४ रन योगदान दिईन् जुन क्रममा ४२ बलमा ४ चौका प्रहार गरिन्। यस्तै केरी चानले १७, नताशा माइल्सले १६ तथा इमा लाईले अविजित १३ रन योगदान दिईन्।

हिलले दोश्रो विकेटको लागि माइल्ससंग २४ रनको, तेश्रो विकेटको लागि चानसंग २८ रनको, चौंथो विकेटको लागि शानजिन शाहजादसंग २५ रनको तथा पाँचौ विकेटको लागि लाईसंग २७ रनको साझेदारी गरिन्। नेपालको बलिंगमा कविता कुँवर ( ४-०-१८-१ ) , सिता राना मगर ( ४-०-१८-१ ) र सबनम राईले ( २-०-१४-१ ) समान एक विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको नेपालले २० ओभरमा ३ विकेट क्षेतीमा १०४ रन बनाएको थियो। नेपालको लागि सिता राना मगरले सर्वाधिक ४० रन योगदान दिईन् जुन क्रममा ५७ बलमा ४ चौका प्रहार गरिन्। यस्तै इन्दु बर्माले ३७ बलमा ३ चौका मद्दतले अविजित ३१ रन बनाईन्।

ओपनर कविता कुँवर पहिलो ओभरमा खाता नखोली तथा काजल श्रेष्ठ ४ रन बनाएर आउट भएपछि तेश्रो विकेटको लागि ओपनर सिता राना मगरले इन्दु बर्मासंग ८१ रनको साझेदारी गरिन्। सिता अन्तिम ओभरमा रन आउट हुन पुगिन्। हंगकंग बलर चान का मान ( ४-१-१२-१ ) र केरी चानले ( ४-०-१६-१ ) समान एक विकेट लिए।

प्रतियोगिता अन्तर्गत नेपालले दोश्रो खेल मंगलबार ( नोभेम्बर २३ ) भुटानसंग खेल्नेछ। खेल नेपाली समय दिउसो ३:१५ बजे सुरु हुनेछ।

सन् २०२३ को फेब्रुअरीमा दक्षिण अफ्रीकामा आयोजना हुने महिला विश्वकप टि-ट्वान्टी विश्वकपको छनोट अन्तर्गत नेपालले पहिलो खुड्किलोको रुपमा एसिया छनोट खेल्न लागेको हो। प्रतियोगितामा नेपाल सहित आयोजक युएई, भुटान, हंगकंग, मलेसिया र कुवेत गरि ६ टोलि सहभागी छन्। सहभागी ६ टिमले एकअर्का संग एक/एक खेलमा प्रतिस्पर्धा गरेपछि उत्कृस्ट हुने एउटा टिम आगामी वर्ष आयोजना हुने ग्लोबल छनोट प्रतियोगितामा छनोट हुनेछ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]