न्युजिल्याण्ड ठूलो योगफल बनाउन असफल, इंग्ल्याण्डलाई विश्वकप जित्न २४२ रनको लक्ष्य

१२ औं संस्करणको एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधिको लागि आयोजक इंग्ल्याण्ड र न्युजिल्याण्ड प्रतिस्पर्धा गरिरहेका छन्। लर्ड्स मैदानमा जारि फाइनल खेलमा टस जितेर ब्याटिंग गरेको न्युजिल्याण्डले इंग्ल्याण्डलाई २४२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

१९ रन बनाएका न्युजिल्याण्ड ओपनर मार्टिन गुप्टिल सातौँ ओभरमा क्रिस वोक्सबाट एलबिडब्लु भएपछि कप्तान केन विलियमसन र हेनरी निकोलसले दोश्रो विकेटको लागि ७४ रनको साझेदारी गरे।

२३ औं ओभरमा विलियमसनलाई लियाम प्लंकेटले विकेटकिपरबाट बटलरबाट क्याच आउट गराए। ५३ बलमा उनले २ चौका प्रहार गरे। त्यसपछि अर्धशतक बनाएका निकोलसलाई पनि प्लंकेटले बोल्ड गरे। निकोलसले ७७ बलमा ४ चौका प्रहार गरे। लगत्तै १५ रन बनाएका टेलरलाई मार्क वुडले एलबिडब्लु आउट गरे।

टम लाथमले एक किनार सम्हालीरहे पनि अर्को किनारमा विकेटपतन रोकिएन। जेम्स निशामलाई प्लंकेटले तेश्रो शिकार बनाए भने कोलिन डी ग्रयाण्डहोमलाई वोकेसले आउट गरे। निशमले १९ र ग्रयाण्डहोमले १६ रन बनाए।

४९ औं ओभरमा ४७ रन बनाएर लाथमलाई वोकेसले क्याच आउट गराए। ५६ बलमा उनले २ चौका र १ छक्का प्रहार गरे। ५० ओभरमा न्युजिल्याण्डले ८ विकेट गुमाएर २४१ रन बनायो।

इंग्ल्याण्डको बलिंगमा क्रिस वोक्स ( ९-०-३७-३ ) र लियाम प्लंकेट ( १०-०-४२-३ ) ले ३/३ तथा जोफ्रा आर्चर ( १०-०-४२-१ ) र मार्क वुड ( १०-१-४९-१ ) ले १/१ विकेट लिए।

 

सन् १९७५ देखि सुरु भएको एकदिवसीय क्रिकेट विश्वकप प्रतियोगिताको दुवै टिमले हालसम्म विश्वकप क्रिकेटको उपाधि जित्न सकेका छैनन् तसर्थ विश्व क्रिकेटले नयाँ विश्वकप विजेता रास्ट्र पाउनेछ।न्युजिल्याण्ड इतिहासमा यस अघि सन् २०१५ को विश्वकपमा मात्र फाइनल पुगेको थियो भने ६ पटक सेमीफाइनलमा रोकिएको थियो। इंग्ल्याण्ड सन् १९७९, १९८७ र १९९२ मा विश्वकप फाइनल पुगेको थियो।

विश्वकप विजेता राष्ट्रहरु :- 

सन् १९७५ र १९७९ को विश्वकप वेस्टइन्डिजले जितेको थियो। त्यसपछि १९८३ मा भारतले पहिलो पटक विश्वकप जित्यो। त्यसपछि १९८७ मा अस्ट्रेलियाले तथा १९९२ पाकिस्तान र १९९६ मा श्रीलंकाले पहिलो पटक उपाधि जितेको थियो। त्यसपछि भने अस्ट्रेलियाले लगातार ३ वटा विश्वकप जित्यो। सन् १९९९, २००३ र २००७ मा अस्ट्रेलियाले उपाधि जित्दा सन् २०११ मा भारतले दोश्रो पटक उपाधि जित्न सक्यो। २०१५ मा फेरी अस्ट्रेलियाले उपाधि जित्यो।

अस्ट्रेलिया – ५ पटक , भारत – २ पटक , वेस्टइन्डिज – २ पटक , पाकिस्तान र श्रीलंका – १/१ पटक

इंग्ल्याण्डको विश्वकप फाइनल यात्रा 

आयोजक इंग्ल्याण्डलाई विश्वकप सुरु हुनु अघि देखिनै विश्वकप जित्ने दाबेदार टिम मानिएको थियो। तर फाइनल सम्मको इंग्ल्याण्ड यात्रा भने कठिन रह्यो।

पहिलो खेलमा दक्षिण अफ्रीकालाई पराजित गरेपछि दोश्रो खेलमा इंग्ल्याण्ड पाकिस्तानसंग पराजित हुन पुग्यो। त्यसपछि भने बंगलादेश, वेस्ट इन्डिज र अफगानिस्तानलाई पराजित गर्दै इंग्ल्याण्डले आफुलाई अब्बल सावित गर्यो। तर त्यसपछि श्रीलंका र अस्ट्रेलियासंग लगातार हारले इंग्ल्याण्डको सेमीफाइनल यात्रा कठिन हुन पुग्यो।

सेमीफाइनल पुग्न पाकिस्तानलाई पछि पार्न उसले अन्तिमको खेलहरुमा भारत र न्युजिल्याण्डलाई पराजित गर्नु पर्ने खालको परिस्थिति रहेको थियो। इंग्ल्याण्डले शानदार पुनरागमन गर्यो र लिगको अन्तिम ३ खेलमा भारत, न्युजिल्याण्ड दुवैलाई पराजित गर्दै लिगको तेश्रो स्थानमा रहँदै सेमीफाइनलमा स्थान बनायो।

सेमीफाइनलमा उसले चिर प्रतिद्वन्दी अस्ट्रेलियालाई ८ विकेटको विशाल अन्तरले परजित गर्दै विश्वकप जित्ने दावेदार टिमको रुपमा आफुलाई उभ्यायो।

बिरुद्ध दक्षिण अफ्रीका – १०४ रनले विजयी
बिरुद्ध पाकिस्तान – १४ रनले पराजित
बिरुद्ध बंगलादेश – १०६ रनले विजयी
बिरुद्ध वेस्ट इन्डिज – ८ विकेटले विजयी
बिरुद्ध अफगानिस्तान – १५० रनले विजयी
बिरुद्ध श्रीलंका – २० रनले पराजित
बिरुद्ध अस्ट्रेलिया – ६४ रनले पराजित
बिरुद्ध भारत – ३१ रनले विजयी
बिरुद्ध न्युजिल्याण्ड – ११९ रनले विजयी
बिरुद्ध अस्ट्रेलिया ( सेमीफाइनल ) – ८ विकेटले विजयी

न्युजिल्याण्डको विश्वकप फाइनल यात्रा 

विश्वकप लिग चरणमा शानदार सुरुवात गरेको न्युजिल्याण्डले सुरुवाती ५ खेलमा लगातार जित हाँसिल गरेको थियो। त्यस क्रममा उसले श्रीलंका, बंगलादेश, अफगानिस्तान, दक्षिण अफ्रीका र वेस्टइन्डिजलाई पराजित गर्यो भने भारतसंगको खेल वर्षाले नतिजाविहिन रह्यो।

त्यसपछि भने पाकिस्तानले न्युजिल्याण्डको अपराजित यात्रा टुंग्यायो। लगत्तै अस्ट्रेलिया र इंग्ल्याण्डसंग पनि पराजित भएको न्युजिल्याण्ड अंकतालिकामा पाकिस्तानसंग बराबरी अंक रहे पनि नेट-रन रेटले सेमीफाइनल पुग्न सफल रह्यो।

अत्यन्त रोमान्चक सेमीफाइनलमा उसले बलियो भारतको ब्याटिंग लाइनअपलाई तहसनहस पार्दै १८ रनको जित निकाल्न सफल रह्यो।

बिरुद्ध श्रीलंका – १० विकेटले विजयी
बिरुद्ध बंगलादेश – २ विकेटले विजयी
बिरुद्ध अफगानिस्तान – ७ विकेटले विजयी
बिरुद्ध भारत – नतिजाविहीन
बिरुद्ध दक्षिणअफ्रीका – ४ विकेटले विजयी
बिरुद्ध वेस्टइन्डिज – ५ विकेटले विजयी
बिरुद्ध पाकिस्तान – ६ विकेटले पराजित
बिरुद्ध अस्ट्रेलिया – ८६ रनले पराजित
बिरुद्ध – इंग्ल्याण्ड – ११९ रनले पराजित
बिरुद्ध भारत ( सेमीफाइनल ) – १८ रनले विजयी

 





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]