NPL : ओमान कप्तान इल्यास सन्दिपको टिममा

ओमान राष्ट्रिय क्रिकेट टिमका कप्तान अकिब इल्यासले नेपाल प्रिमियर लिगको टिम विराटनगर किंग्ससंग आवद्ध भएका छन्।

सन्दिप लामिछाने मार्की खेलाडी रहेको विराटनगरले पहिलो विदेशी खेलाडी टिममा आवद्ध गरेको सामाजिक संजाल मार्फत जानकारी गराएको हो।

लेग स्पिन अलराउण्डर ३२ वर्षीय इल्यासले ओमानको लागि ३२ एकदिवसीय अन्तर्राष्ट्रिय र ५६ वटा टि-ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका छन्। टि-ट्वान्टी अन्तर्राष्ट्रिय करियरमा उनले १० वटा अर्धशतक मद्दतले १,३३० रन बनाएका छन् भने २३ विकेट पनि लिएका छन्।

इल्यास टि-ट्वान्टी अन्तर्राष्ट्रियमा ओमानको लागि दोश्रो सर्वाधिक रनकर्ता हुन्। उनि भन्दा धेरै जिशान मक्सुदले ७३ खेलमा १,३६९ रन बनाएका छन्।

बिराटनगरले यस अघि टिमको प्रशिक्षकमा पूर्व आइरिस क्रिकेटर पल स्टरलिंगलाई आवद्ध गरिसकेको छ।

बिराटनगर किंग्स टिम : सन्दिप लामिछाने ( मार्की खेलाडी ) , लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, राजेश पुलामी, जितेन्द्र मुखिया, अनिल खरेल, दिपक बोहरा, सुबाश भण्डारी, नरेन भट्ट, म्रिनल गुरुङ, अकिब इल्यास ( विदेशी )





थप समाचार

बागमतीविरुद्ध मधेश ४ विकेटले विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियाेगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा मधेश प्रदेशसँग बागमती प्रदेश ४ विकेटले पराजित […]

आर्मीले पुलिसलाई हरायो

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई […]

कोलकाताको पहिलो जित

काठमाडाैँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइटराइडर्सले पहिलो जित दर्ता गरेको छ। बुधवार सम्पन्न खेलमा पहिलो जित हासिल […]

पञ्जाबकाे सुखद् सुरुआत

काठमाडौं। पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सुखद् सुरुआत गरेको छ। मंगलबार सम्पन्न खेलमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले […]

पीएम कपमा ललितकाे १०० विकेट पूरा

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पुलिसका स्पिनर ललित राजवंशीले १०० विकेट पूरा गरेका छन्। उनी प्रधानमन्त्री कपमा […]

अपराजित रहँदै पुलिस पीएम कपको फाइनलमा

काठमाडौं। कर्णाली प्रदेशमाथि सानदार जित दर्ता गर्दै विभागिय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा […]