NPL : ओमान कप्तान इल्यास सन्दिपको टिममा

२०८१ कार्तिक ४, आईतवार १४:४५

ओमान राष्ट्रिय क्रिकेट टिमका कप्तान अकिब इल्यासले नेपाल प्रिमियर लिगको टिम विराटनगर किंग्ससंग आवद्ध भएका छन्।

सन्दिप लामिछाने मार्की खेलाडी रहेको विराटनगरले पहिलो विदेशी खेलाडी टिममा आवद्ध गरेको सामाजिक संजाल मार्फत जानकारी गराएको हो।

लेग स्पिन अलराउण्डर ३२ वर्षीय इल्यासले ओमानको लागि ३२ एकदिवसीय अन्तर्राष्ट्रिय र ५६ वटा टि-ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका छन्। टि-ट्वान्टी अन्तर्राष्ट्रिय करियरमा उनले १० वटा अर्धशतक मद्दतले १,३३० रन बनाएका छन् भने २३ विकेट पनि लिएका छन्।

इल्यास टि-ट्वान्टी अन्तर्राष्ट्रियमा ओमानको लागि दोश्रो सर्वाधिक रनकर्ता हुन्। उनि भन्दा धेरै जिशान मक्सुदले ७३ खेलमा १,३६९ रन बनाएका छन्।

बिराटनगरले यस अघि टिमको प्रशिक्षकमा पूर्व आइरिस क्रिकेटर पल स्टरलिंगलाई आवद्ध गरिसकेको छ।

बिराटनगर किंग्स टिम : सन्दिप लामिछाने ( मार्की खेलाडी ) , लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, राजेश पुलामी, जितेन्द्र मुखिया, अनिल खरेल, दिपक बोहरा, सुबाश भण्डारी, नरेन भट्ट, म्रिनल गुरुङ, अकिब इल्यास ( विदेशी )

Leave a Reply

© 2025 WicketNepal - WordPress Theme by WPEnjoy