पहिलो पटक च्याम्पियन बन्न दक्षिण अफ्रिकालाई १७७ रनको लक्ष्य

काठमाडौं । टी-२० विश्वकपमा पहिलो पटक च्याम्पियन बन्न दक्षिण अफ्रिकाले पुर्व विजेता भारतबाट रनको लक्ष्य पाएको छ ।

वेस्ट इन्डिजको बारबाडोसमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७६ रन बनायो ।

भारतका लागि विराट कोहलीले ५९ बलमा ६ चौका र २ छक्काको सहयोगमा ७६ रनको अर्धशतकीय ईनिङ खेले । अक्षर पटेलले ३१ बलमा १ चौका र ४ छक्काको सहयोगमा ४७ रन बनाए ।

पहिलो ओभरमा १५ रन जोडेर राम्रो सुरुआत गरेको भारतले दोस्रो ओभरमा दुई विकेट गुमाएको थियो । विकेट गुमाएसँगै दबाबमा आएको भारतले पाँचौ ओभरको तेस्रो बलमा ३४ रन बनाउँदा तेस्रो विकेट गुमायो ।

चौथो विकेटका लागि कोहली र पटेलले ५४ बलमा ७५ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई बलियो योगफलसम्म पुर्याउन सफल भए ।

कागिसो रबडाको बलमा ४७ रन आउट भए । पटेल आउट भएसँगै क्रिजमा आएका शिभम दुबेले १६ बलमा ३ चौका र १ छक्काको सहयोगमा २७ रन बनाए ।

पाँचौ विकेटका लागि दुबे र कोहलीले ३३ बलमा ५७ रनको महत्वपुर्ण साझेदारी गरे । कोहली आउट भएसँगै यो साझेदारी तोडिएको थियो । कोहली आउट भएसँगै क्रिजमा आएका हार्दिक पान्ड्याले २ बलमा अविजित ५ रन बनाए ।

दक्षिण अफ्रिकाका लागि केशब महाराज र एनरिक नोर्कियाले समान दुई दुई तथा मार्को यानसन र कागिसो रबडाले समान एक एक विकेट लिए ।

पहिलो पटक फाइनलमा स्थान बनाएको दक्षिण अफ्रिका भारतलाई पराजित गर्दै इतिहास रच्ने लक्ष्यमा छ । दक्षिण अफ्रिका यो विश्वकपमा अपराजित रहँदै फाइनल पुगेको हो । उसले यसअघि फाइनल अघि खेलेका आठै खेल जितेको थियो ।

उता, २००७ मा भएको पहिलो संस्करणको उपाधी विजेता भारत पनि दक्षिण अफ्रिकालाई हराउँदै उपाधी जित्ने लक्ष्यमा छ । २०१३ देखि आइसीसीको कुनै पनि प्रतियोगिता जित्न नसकेको भारत उपाधीको खडेरी तोड्न चाहन्छ । भारत पनि प्रतियोगितामा अपराजित रहेर फाइनल पुगेको हो ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]