नेदरल्याण्डसंग दक्षिण अफ्रीका स्तब्ध, भारत सेमीफाइनल पुग्दा बंगलादेश र पाकिस्तानको ढोका खुल्यो

जित्नै पर्ने खेलमा नेदरल्याण्डसंग १३ रनले पराजित हुँदा दक्षिण अफ्रीकाको टि-ट्वान्टी विश्वकप सेमीफाइनल पुग्ने सपना टुंगिने पक्का जस्तो भएको छ।

अस्ट्रेलियाको एडीलेड ओभमा नेदरल्याण्डले दिएको १५९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रीकाले २० ओभर ब्याटिंग गर्दै ८ विकेट क्षेतीमा १४५ रन मात्र बनाउन सक्यो। जितसंगै नेदरल्याण्ड आगामी २०२४ को विश्वकपमा स्वतः छनोट हुने सम्भावना बढेको छ। नेदरल्याण्ड समुह ‘२’ को शिर्ष-४ भित्र पर्न सके २०२४ विश्वकपमा स्वतः छनोट हुनेछ। आज पाकिस्तान र भारत विजयी भए नेदरल्याण्ड स्वतः २०२४ विश्वकपमा छनोट हुनेछ।

नेदरल्याण्डको जितले एक खेल अगावै भारत समुह ‘२’ बाट सेमीफाइनल पुगेको छ। अन्तिम खेलमा भारतले आज जिम्बाब्वेलाई पराजित गरे समुह विजेताको रुपमा सेमीफाइनल पुग्नेछ। यस्तै बंगलादेश र पाकिस्तानको सेमीफाइनल पुग्ने ढोका खुलेको छ। आज ९:४५ बजे बिहान सुरु हुने पाकिस्तान र बंगलादेश बीचको खेलको विजेता टिम सेमीफाइनल पुग्नेछ।  भारत र जिम्बाब्वे बीचको खेल दिउँसो १:४५ बजे हुनेछ।

९० रन बनाउदा ३ विकेट गुमाएको अवस्थाबाट नेदरल्याण्डले पुनरागमन गर्दै लगातार विकेट निकाल्दा दक्षिण दक्षिण अफ्रिकी ब्याट्सम्यानहरु दबाबमा आए। फलस्वरुप दक्षिण अफ्रीका १२०/७ को अवस्थामा पुग्यो। आठौँ विकेटको लागि केशव महाराज र कागीसो रबाडाले २१ रनको साझेदारी गरेता पनि जित्न पर्याप्त रहेन। राइली रोसुले २५, हेनरिक् क्लासेनले २१ तथा कप्तान तेम्बा बभुमाले २० रन बनाए।

नेदरल्याण्ड बलर ब्राण्डन ग्लोभरले ३, फ्रेड क्लासेन र बास डी लिडेले २/२ तथा पल भान मिकीरनले १ विकेट लिए।

टस हारेर ब्याटिंग गरेको नेदरल्याण्डले २० ओभरमा ४ विकेट गुमाएर १५८ रन बनायो।

नेदरल्याण्डको लागि कोलिन एंकरम्यानले सर्वाधिक ४१ रन बनाए जुन क्रममा २६ बलमा ३ चौका र २ छक्का प्रहार गरे। ओपनर स्टेफेन माइबर्गले ३७, टम कुपरले ३५, म्याक्स ओ डोडले २९ तथा स्कट एड्वार्ड्सले अविजित १२ रन बनाए। ओ डोडले माइबर्गसंग ५८ रनको ओपनिंग तथा दोश्रो विकेटको लागि कुपरसग ४१ रनको साझेदारी गरे।

दक्षिण अफ्रीकाको बलिंगमा केशव महाराजले २ तथा एनरिक् नोर्किया र एडेन मारक्रमले १/१ विकेट लिए।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]