भारतको बिशाल अग्रता, कोहलीले तोडे सचिनको किर्तिमान

  • विकेटनेपाल, १३ साउन

भारत : ६०० र १८९/३ , श्रीलंका : २९१ ( भारतलाई ४९८ रनको अग्रता )

श्रीलंका भ्रमण अन्तर्गत पहिलो टेस्टको तेश्रो दिनको खेल सकिंदा भारतले बिशाल अग्रता लिंदै जिततर्फ अग्रसर देखिएको छ l

भारतले पहिलो इनिंगमा बनाएको ६०० रन पछि ब्याटिंग गरेको श्रीलंकाले आफ्नो पहिलो पारिमा २९१ रनमै सबै विकेट गुमाएपछि दोश्रो इनिंगमा पुनः ब्याटिंग गर्न उत्रेको भारतले १८९/३ को स्थितिमा दिनको अन्त्य गरेको छ l

पहिलो इनिंगमा आक्रामक शतक बनाएका शिखर धवन १४ र चेतेश्वर पुजारा १५ रनमा  आउट भएपछि कप्तान बिराट कोहली र अभिनव मुकुन्दले तेश्रो विकेटको लागि १३३ रनको साझेदारी गर्दै भारतलाई बिशाल अग्रतातर्फ लम्काए l

कोहली ७६ रनमा अविजित छन् भने मुकुन्द ८१ रन बनाएर आउट भए l

श्रीलंकालाई फलोअन नदिंदै ब्याटिंग गरेको भारतले कुल ४९८ रनको अग्रता बनाईसकेको छ l यस अघि दोश्रो दिनमा १५४/५ को स्थितिमा दिनको समाप्ति गरेको श्रीलंकाले २९१ रनमा सबै विकेट गुमायो l दिलरुवान पेरेराले ९२ तथा एन्जेलो म्यथुजले ८३ रनको योगदान दिए l भारतीय बलर रबिन्द्र जडेजाले ३ तथा मोहम्मद शामीले २ विकेट हात पारे l

भारतीय बलर रबिन्द्र जडेजाले ३ तथा मोहम्मद शामीले २ विकेट हात पारे ©ICC

कोहलीले तोडे सचिनको किर्तिमान  

गाल टेस्टमा कोहली ७६ रनमा अविजित रहने क्रममा सचिन तेन्दुलकरको रेकर्ड तोडेका छन् l बिराट कोहली बिदेशी भुमिमा सबैभन्दा छिटो १००० रन पुरा गर्ने भारतीय कप्तान बनेका छन् l यो रेकर्ड सचिन तेन्दुलकरको नाममा थियो जुन कोहलीले तोडेका छन् l

कप्तानको रुपमा १७ इनिंगमा कोहलीले १००० रन पुरा गरेका हुन् l बिराट भन्दा अघि सचिन तेन्दुलकरले १९ पारिमा यो रेकर्ड आफ्नो नाममा रहेका थिए l कप्तानको रुपमा मोहम्मद अजरुद्दीनले २३ इनिंगमा १००० रन पुरा गरेका थिए l

फलोअन नदिंदा बन्यो रेकर्ड 

पहिलो इनिंगमा ३०९ रनको अग्रता लिएपनि फलो अन नदिंदै कोहलीले अर्को रेकर्ड बनाएका छन् l भारतीय क्रिकेट इतिहासमै दोश्रो पटक ३०० भन्दा बढी अग्रता लिए पनि फलोअन नलिईएको हो l सन् २००७ मा राहुल द्रविडले इंग्ल्याण्ड बिरुद्ध ३१९ रनको अग्रता लिंदा फलोअन नदिई भारत फेरी ब्याटिंग गर्न आएको थियो l

धेरैले पढेको :-





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]