इंग्ल्यान्डद्वारा भारत १९१ रनमै सिमित

इंग्ल्यान्ड र भारत बीच लन्डनको केनिंगटन ओभल मैदानमा सुरु भएको चौथो टेस्टको पहिलो इनिंग्समा टस हारेर ब्याटिंग गरेको भारत ६१.३ ओभरमा १९१ रनमै समेटिन पुगेको छ।

भारतको लागि शार्दुल ठाकुरले सर्वाधिक ५७ रन बनाए भने कप्तान बिराट कोहलीले ५० रन बनाए। केएल राहुल १७ रन, अजिंके रहाने १४ रन, रोहित शर्मा ११ रन , उमेश यादव र रभिन्द्र जडेजाले १० रन योगदान दिए।

भारतको लागि रोहित शर्मा र केएल राहुलले २८ रनको ओपनिंग साझेदारी गरेका थिए। तर रोहितलाई क्रिस वोक्सले क्याच आउट गराएपछि भारतको विकेट पतन सुरु बायो। केएल राहुललाई ओली रोविन्सनले एलबिडब्लु पारे भने चेतेश्वर पुजारालाई जेम्स एण्डरसनले क्याच आउट गराए। चौथो विकेटको कप्तान बिराट कोहलीले रभिन्द्र जडेजासंग ३० रन जोडे। जडेजालाई क्रिस वोक्सले क्याच आउट गराए पछि कोहलीले अजिंके रहानेसंग ३६ रन जोडे। अर्धशतक पुरा गरे लगत्तै कोहलीलाई रोबिन्सनले क्याच आउट गराए भने त्यसपछि रहानेलाई क्रेग ओभरटन तथा रिशभ पन्तलाई वोक्सले क्याच आउट गराए।

सिरिजमा पहिलो पटक मौका पाएका शार्दुल ठाकुरले आठौँ विकेटको लागि उमेश यादवसंग ६३ रनको साझेदारी गरे। ३६ बलमा ७ चौका र ३ छक्का मद्दतले ५७ रन बनाएका ठाकुरलाई वोक्सले एलबिडब्लु आउट गरेपछि भारतको तल्लो क्रम धरासायी बन्यो। फलस्वरुप १९०/७ बाट थप १ रन जोड्दा भारत अलआउट भयो।

इंग्ल्यान्डको बलिंगमा क्रिस वोक्सले ४ विकेट ( १५-६-५५-४ ) तथा ओली रोबिन्सनले ३ विकेट ( १७.३-९-३८-३ ) लिए। जेम्स एण्डरसन र क्रेग ओभरटनले समान १ विकेट लिए।

सिरिज अन्तर्गत पहिलो खेल वर्षाका कारण रद्द भएको थियो भने दोश्रो खेलमा भारतले १५१ रनले जितेको थियो। तेश्रो खेल इंग्ल्यान्डले इनिंग्स र ७६ रनले जित्दै सिरिज बराबरी गरेको थियो।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]