बुम्राहको उत्कृस्ट बलिङ्ग बाबजुत म्याथुजको शतकले श्रीलंका सम्हाल्यो, भारतलाई २६५ रनको लक्ष्य

इंग्ल्याण्डमा जारि एकदिवसीय विश्वकप प्रतियोगिता अन्तर्गत ४४ औं खेलमा श्रीलंका र भारतले प्रतिस्पर्धा गरिरहेका छन्।

श्रीलंका विश्वकप सेमीफाइनल दौड बाट बाहिरीसकेको छ भने भारत सेमीफाइनल प्रवेश गरिसकेको छ। आजको खेलमा भारतले जित्यो र अहिले जारि अर्को खेलमा दक्षिण अफ्रीकाले अस्ट्रेलियालाई पराजित गर्यो भने भारत लिग चरणको उत्कृस्ट टिम हुनेछ भने अस्ट्रेलिया दोश्रो।

सेमीफाइनलमा लिग टप टिमले चौथो स्थानको टिम न्यूजील्याण्डसंग खेल्नेछ भने लिगमा दोश्रो हुने टिमले तेश्रो स्थानमा रहेको इंगल्यान्डको सामना गर्नेछ। श्रीलंका भने आज जित्दै अन्तिम खेलको जित सहित घर फर्कन चाहन्छ।

अंकतालिका 

हेडिंगले, लिड्समा श्रीलंकाले टस जितेर ब्याटिंग गर्दै श्रीलंकाले ५० ओभर ब्याटिंग गर्दै ७ विकेट गुमाएर २६४ रनको योगफल तयार पारेको छ।

खराब सुरुवात गर्ने क्रममा श्रीलंकन ओपनर डिमुथ करुनारत्ने १०, कुशल परेरा १८, अभिस्का फर्नान्डो २० तथा कुशल मेन्डिस ३ रन बनाएर आउट भए। करुनारत्ने र परेरालाई बुम्राहले विकेटकिपर धोनीबाट क्याच आउट गराए भने फर्नान्डोलाई हार्दिक पान्ड्याले धोनीबाटै क्याच तथा मेन्डिसलाई रभिन्द्र जडेजाले धोनीबाटै स्टम्प आउट गरे।

१२ औं ओभरमा ५५/४ को अवस्थाबाट अन्जेलो म्यथुज र लाहिरु थिरीमाले पाँचौ विकेटको लागि शतकीय साझेदारी गरे। १२४ रनको साझेदारी पछि थिरीमाने ५३ रन बनाएर आउट भए। कुलदिप यादबको बलमा क्याच आउट हुनु अघि उनले ६८ बलमा ४ चौका मदतले ५३ रन बनाए।

त्यसपछि पनि म्याथुजले एक किनार सम्हालीरहे र शतक पुरा गर्दै श्रीलंकाको योगफल २५० पार गराए। ४९ औं ओभरमा म्याथुज ११३ रन बनाएर जस्प्रित बुम्राहको बलमा आउट भए जस अघि उनले १२८ बलमा १० चौका र २ छक्का प्रहार गरे। एकदिवसीयमा म्याथुजको यो तेश्रो शतक हो।

धनन्जय डी सिल्भाले अविजित २९ रन बनाउदा श्रीलंकाले ५० ओभरमा ७ विकेट गुमाएर २६४ रन बनायो।

भारतको बलिंगमा जस्प्रित बुम्राहले उत्कृस्ट स्पेल गर्दै ३ विकेट लिन १० ओभरमा २ मेडन गर्दै ३७ रन मात्र खर्चिए। यस्तै भुवनेश्वर कुमार ( १०-०-७३-१ ) , हार्दिक पान्ड्या ( १०-०-५०-१ ), रभिन्द्र जडेजा ( १०-०-४०-१ ) र कुलदिप यादबले ( १०-०-५८-१ ) ले १/१ विकेट लिए।

बुम्राहको रेकर्ड 

बुम्राहले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो १०० विकेट पनि पुरा गरेका छन्। १०० विकेट पुरा गर्ने बुम्राह दोश्रो सबैभन्दा छिटो भारतीय क्रिकेटर बनेका छन्।

सबैभन्दा छिटो १०० एकदिवसीय विकेट लिने भारतीय बलर मोहम्मद शामी हुन् जसले ५६ खेलमा उक्त किर्तिमान बनाएका थिए। बुम्राहले १ खेल अबधि ५७ खेलमा १०० विकेट लिएका हुन्। एकदिवसीयमा सबैभन्दा छिटो १०० विकेट लिने बार अफगानिस्तानका राशिद खान हुन् जसले ४४ खेलमा उक्त विकेट लिएका थिए।  १०० विकेट पुरा गर्ने बुम्राह विश्वकप नवौं छिटो बलर हुन्।

खेलको फोटोहरु – 





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]