पहिलो खेलमा भारतसंग नेपाल बिशाल अन्तरले पराजित – युथ एसिया कप

Nepal U19 Cricket Team
  • विकेटनेपाल, १३ – असोज 

बंगलादेशमा शनिबार देखि सुरु भएको यु-१९ युथ एसिया कप अन्तर्गत नेपाल आफ्नो पहिलो खेलमा भारत यु-१९ टिमसंग १७१ रनले पराजित भएको छ।

टस जितेर नेपालले भारतलाई ब्याटिंगको निम्तो दिएको थियो जसपछि भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३०४ रनको योगफल तयार गरेको थियो। ३०५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ३६.४ ओभरमा १३३ रनमा सम्पूर्ण विकेट गुमाउन पुग्यो।

प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा अक्टोबर १ तारिक सोमबार अफगानिस्तानको तथा अक्टोबर २ तारिकमा युएईको सामना गर्नेछ।

चलेन ब्याटिंग 

३०५ रनको बिशाल लक्ष्य पछ्याउने क्रममा नेपालले ८ ओभरसम्म विकेट नगुमाई ३० रन बनायो। पहिलो विकेटको रुपमा रबिन्द्र शाही १६ रन बनाएर आउट भए पछि भने नेपालको विकेट पतन सुरु भयो। अर्का ओपनर रभी शाह पनि ११ रन बनाएर आउट भए।

तेश्रो विकेटको लागि आसिफ शेख र सन्दिप जोराले ३० रन जोडे जसपछि २० रन बनाएर आउट भए। आसिफले रोहित पौडेलसंग ३६ रनको साझेदारी गरे पनि आसिफ शेख २५ रन बनाएर आउट हुँदा नेपालले चौथो विकेट गुमायो। आसिफकै बाटो रोहितले पनि समाते र २४ रन बनाएर आउट हुँदा नेपाल समस्यामा पर्यो।

त्यसपछि भिम शार्की ( ६ ) , पवन सर्राफ ( ७ ) , कमल ऐरि ( ८ ) , राशिद खान ( ६ ) र सुर्य तामांग ( ० ) ले लगातार विकेट गुमाउन पुग्दा नेपालले १०३/५ को अवस्थाबाट ३० रन जोड्दा बाँकी ५ विकेट गुमाउन पुग्यो।

भारतको लागि हर्ष त्यागिले सर्वाधिक ३ विकेट तथा अजय गंगापुरमले २ विकेट लिए।

भारतको इनिंग 

टस जितेर नेपालले पहिले बलिङ्ग गर्ने निर्णय गर्यो जसपछि ब्याटिंग गर्दै भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३०४ रनको योगफल तयार गर्यो।

उत्कृस्ट सुरुवात गर्दै भारतले पहिलो विकेटको लागि ८३ रन जोड्यो। ओपनर देवदत्त पडिक्कल ३० रन बनाएर आउट भए जसपछि तेश्रो नम्बरका पभन शाह पनि १३ रन बनाएर आउट भए। तेश्रो विकेटको लागि ओपनर यश्स्भी जैसवाल र प्रभ सिम्रन सिंहले ७६ रनको साझेदारी गर्दै भारतको इनिंगलाई २०० नजिक पुर्याए।

यश्स्भी जैसवाल शतकीय इनिंग खेल्दै तेश्रो विकेटको रुपमा आउट भए। उनले १०४ रन बनाए जुन क्रममा ११३ बलमा ५ छक्का र ८ चौका प्रहार गरे। त्यसपछि चौथो विकेटको रुपमा यश राथोड़ ३ रन बनाएर आउट हुँदा पाँचौ विकेटको लागि प्रभ सिमरनले आयुष बदोनिसंग ५४ रनको साझेदारी गर्दै स्कोर २५० कटाए।

Bhim Sharki
Bhim Sharki

पाँचौ विकेटको रुपमा प्रभ सिमरन ८२ रन बनाएर आउट भए जस अघि उनले ६१ बलमा ३ छक्का र ६ चौका प्रहार गरे। पाँचौ विकेट गुमेपछि भारत यु-१९ ले लगातार विकेट गुमायो।

एक समय ३५० को योगफल छुने देखिएको स्कोर २६३/४ को अवस्थाबाट भारतले बाँकी ४१ रन मात्र जोड्दा ५ विकेट गुमाउन पुग्यो। फलस्वरुप ५० ओभरमा ९ विकेट गुमाएर ३०४ रन बनायो।

नेपालको लागि बलिङ्गमा भिम शार्कीले सर्वाधिक ४ विकेट लिने क्रममा ७ ओभरमा ४२ रन खर्चिए। यस्तै राशिद खानले २ ( ८-०-४५-२ ) तथा सागर ढकाल, कमल ऐरि र सन्दिप जोराले समान १ विकेट लिए।





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]