भारत र नेपाल बीच स्टेन्डिङ क्रिकेट सिरिज शुक्रबारदेखि

नेपाल ह्व्लिचेयर क्रिकेट संघको आयोजनामा भारत र नेपाल बीच टी– २० अन्तर्राष्ट्रिय फिजिकल्ली च्यालेन्ज क्रिकेट (स्टेन्डिङ क्रिकेट) को शृखंला शुक्रबारदेखि सुरु हुने भएको छ ।

तीन खेलको शृंखला जेठ २७ देखि ३० गतेसम्म मुलपानीमा हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजकका अध्यक्ष छुल्टिम शेर्पाले जानकारी गराए । प्रतियोगिताको अनुमानित बजेट २२ लाख रुपैयाँ रहेको छ।

सिरिजमा २७ ,२८ र २९ गते तीन खेल हुनेछन् । आयोजकका अनुसार मौसमले साथ दिएमा अन्तिम दिन विशेष किसिमको क्रिकेट समेत हुने छ ।

प्रायोजकमा गरिमा बैंक, एसबीआई बैंक, फ्रिडम कार्गो, सगरमाथा मल्टिपल कलेज, बोधीसत्व विहारलगायत रहेका छन्।

स्ट्यान्डिङ टोलीका कप्तान रामप्रसाद खरेलले भारत बिरुद्ध खेल्न तयारी राम्रो रहेको बताए – “भारत राम्रो टोली हो । उनीहरुले लामो समयदेखि खेल्दै आएका छन् । हामीले २०१७ देखि सुरु गरेका हौँ । जित्छौँ भनेर भन्दा पनि हामी राम्रो खेल्छौँ”





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]