कपिलबस्तुमा इन्डो-नेपाल क्रिकेट सुरु

  • विकेटनेपाल – १२ माघ

जय नेपाल स्पोर्टस क्लबको आयोजनामा कपिलवस्तुको कृष्णनगरमा इण्डो-नेपाल क्रिकेट प्रतियोगिताको १७औं संस्करण सुरुभएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा धनगढीलाई र गोरखपुरले ५ विकेटले पराजित गरेको छ l

टस जितेर ब्याटिङ रोजेको धनगढी क्रिकेट क्लब १३.५ ओभरमा ५५ रनमै अलआउट हुन पुग्यो । जवाफी व्याटिङमा उत्रिएको गोरखपुर क्रिकेट क्लबले ७.५ ओभरमा ५ विकेटको नोक्सानी बेहोर्दै जीत हाँसिल गर्यो। गोरखपुरका राजबीर र कबीरले ३/३ विकेट झारेका थिए ।

गोरखपुरका मुकेश सिंह २२ रन बनाउँदै म्यान अफ द म्याच बने । यस्तै सुहेल खानले १४ रन बनाए ।

कपिलवस्तु क्षेत्र नम्बर ५ का सभासद अभिषेकप्रताप शाहले उद्घाटन गरेको खेलमा नेपाल र भारतका गरी कूल १२ टिमले भाग लिएको आयोजक क्लबका प्रतिनिधि गिरधारीलाल शर्माले बताउनुभयो । नेपालका ८ र भारतका ४ टिम सहभागी छन्  ।

प्रतियोगितामा सहभागी टिमहरूलाई तीन समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा गोरखपुर, धनगढी, नेपालगञ्ज र विराटनगर छन् । समूह ‘बी’ मा भैरहवा, चितवन, कृष्णनगर र बलरामपुर रहेका छन् । समूह ‘सी’ अन्तर्गत वीरगञ्ज, लखनउ, अजमगढ र दाङको सहभागिता रहनेछ ।

नकआउट सिस्टममा खेलाइने प्रतियोगितामा विहीबार अर्थात माघ १३ गते बिहान नेपालगञ्ज र विराटनगर तथा दिउँसो कृष्णनगर र बलरामपुरबीच प्रतिष्पर्धा हुनेछ । यस्तै माघ १४ गते चितवन र भैरहवा, माघ १५ गते बिहान अजमगढ र दाङ तथा दिउँसो वीरगञ्ज र लखनउबीच खेल हुनेछ । फाइनल खेल माघ २० गते हुनेछ ।

प्रतियोगिताको बिजेताले एक लाख तथा उपबिजेताले ५० हजार पाउनेछन् । त्यस्तै म्यान अफ द सिरिजले २५ हजार तथा प्रत्येक खेलका म्यान अफ द म्याचलाई दुई हजारसहित आकर्षक गिफ्ट ह्याम्पर दिइने आयोजकले जनाएको छ ।

Wicket Nepal

Brevity is the soul of wit. Even if you're William Shakespeare, you don't want to write an author bio that fills up the entire back cover. In an odd twist of logic, the more accomplished you are as an author, the shorter your author bio can be

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy