कपिलबस्तुमा इन्डो-नेपाल क्रिकेट सुरु

  • विकेटनेपाल – १२ माघ

जय नेपाल स्पोर्टस क्लबको आयोजनामा कपिलवस्तुको कृष्णनगरमा इण्डो-नेपाल क्रिकेट प्रतियोगिताको १७औं संस्करण सुरुभएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा धनगढीलाई र गोरखपुरले ५ विकेटले पराजित गरेको छ l

टस जितेर ब्याटिङ रोजेको धनगढी क्रिकेट क्लब १३.५ ओभरमा ५५ रनमै अलआउट हुन पुग्यो । जवाफी व्याटिङमा उत्रिएको गोरखपुर क्रिकेट क्लबले ७.५ ओभरमा ५ विकेटको नोक्सानी बेहोर्दै जीत हाँसिल गर्यो। गोरखपुरका राजबीर र कबीरले ३/३ विकेट झारेका थिए ।

गोरखपुरका मुकेश सिंह २२ रन बनाउँदै म्यान अफ द म्याच बने । यस्तै सुहेल खानले १४ रन बनाए ।

कपिलवस्तु क्षेत्र नम्बर ५ का सभासद अभिषेकप्रताप शाहले उद्घाटन गरेको खेलमा नेपाल र भारतका गरी कूल १२ टिमले भाग लिएको आयोजक क्लबका प्रतिनिधि गिरधारीलाल शर्माले बताउनुभयो । नेपालका ८ र भारतका ४ टिम सहभागी छन्  ।

प्रतियोगितामा सहभागी टिमहरूलाई तीन समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा गोरखपुर, धनगढी, नेपालगञ्ज र विराटनगर छन् । समूह ‘बी’ मा भैरहवा, चितवन, कृष्णनगर र बलरामपुर रहेका छन् । समूह ‘सी’ अन्तर्गत वीरगञ्ज, लखनउ, अजमगढ र दाङको सहभागिता रहनेछ ।

नकआउट सिस्टममा खेलाइने प्रतियोगितामा विहीबार अर्थात माघ १३ गते बिहान नेपालगञ्ज र विराटनगर तथा दिउँसो कृष्णनगर र बलरामपुरबीच प्रतिष्पर्धा हुनेछ । यस्तै माघ १४ गते चितवन र भैरहवा, माघ १५ गते बिहान अजमगढ र दाङ तथा दिउँसो वीरगञ्ज र लखनउबीच खेल हुनेछ । फाइनल खेल माघ २० गते हुनेछ ।

प्रतियोगिताको बिजेताले एक लाख तथा उपबिजेताले ५० हजार पाउनेछन् । त्यस्तै म्यान अफ द सिरिजले २५ हजार तथा प्रत्येक खेलका म्यान अफ द म्याचलाई दुई हजारसहित आकर्षक गिफ्ट ह्याम्पर दिइने आयोजकले जनाएको छ ।





थप समाचार

विराटनगरमा टी–१० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने 

विराटनगरमा टी–१० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगिता विराटनगर महानगरपालिका वडा नम्बर–६ को आयोजना हुने भएको छ । […]

नेपालको सुपर थ्रीको सम्भावना कायमै

काठमाडौं। आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा बहराइनलाई पराजित गरेको नेपालको सुपर थ्रीको सम्भावना कायमै रहेको छ। थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई […]

सन्दीप क्यानको केन्द्रीय सम्झौतामा नरहने

काठमाडौं। लेग स्पिनर सन्दीप लामिछाने नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा नरहने भएका छन्। बुधबार सामाजिक सञ्जालमा उनले उक्त […]

बेलायत जाने नेपाली टोलीको बिदाइ

काठमाडौं। आइसिसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोलीको बिदाइ भएको छ। नेपाल क्रिकेट […]

नेपाल हङकङसँग पराजित

काठमाडौं। नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा हङकङसँग पराजित भएको छ। मंगलबार सम्पन्न खेलमा नेपाल सात विकेटले पराजित भएको […]

शनिबारदेखि पुनः सुरु हुँदै आईपीएल

काठमाडौं । भारत र पाकिस्तानबीचको बढ्दो तनावका कारण एक साताका लागि स्थगित गरिएको इन्डियन प्रिमियर लिग (आईपीएल) शनिबारदेखि पुनः सुरु […]