IPL : कोलकाता बिरुद्ध हैदरावादको शानदार जित

कोलकाता नाइट राइडर्सलाई ७ विकेटले पराजित गर्दै सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग ( आईपीएल ) अंकतालिकाको सातौँ स्थानमा उक्लेको छ।

मुम्बईको ब्राबर्न स्टेडियममा कोलकाताले दिएको १७६ रन लक्ष हैदरावादले १३ बल बाँकी रहँदै ३ विकेट क्षतिमा भेटायो।

हैदरावादको जितमा राहुल त्रिपाठीले ७१ तथा एडेन मारक्रमले अविजित ६८ रन बनाए। त्रिपाठीले ३७ बलमा ४ चौका र ६ छक्का तथा मारक्रमले ३६ बलमा ६ चौका र ४ छक्का प्रहार गरे।

ओपनर अभिषेक शर्मा र केन विलियमसन छिट्टै आउट हुँदा दबाबमा राहुल त्रिपाठी र एडेन मारक्रमले तेश्रो विकेटको लागि ९४ रनको साझेदारी गर्दै जितको आधार तयार गरे। त्रिपाठीको विकेट पछि मारक्रमले निकोलस पुरनसंग ४३ रनको साझेदारी गरे। कोलकाताका बलर आन्द्रे रसेलले २ तथा प्याट कमिन्सले १ विकेट लिए।

टस हारेर ब्याटिंग गरेको कोलकाताले २० ओभरमा ८ विकेट क्षतिमा १७५ रन बनायो। उसको लागि नितिश रानाले ५४, आन्द्रे रसेलले ४९ तथा श्रेयस ऐयरले २८ रन योगदान दिए। रसेलले मात्र २५ बलमा ४ चौका र ४ छक्का प्रहार गरे।

हैदरावादको बलिंगमा टि नटराजनले ३ ( ४-०-३७-३ ) विकेट लिंदा उम्रान मलिकले २ तथा भुवनेश्वर कुमार, मारको जान्सेन र जे सुचितले १/१ विकेट लिए।

पाँचौ खेलमा तेश्रो जित पछि ६ अंक सहित सनराइजर्स हैदरावाद लिग अंकतालिकाको सातौँ स्थानमा छ। समान अंक रहेका राजस्थान, पन्जाब, कोलकाता, लखनउ र बैंगलोर क्रमशः दोश्रो देखि छैठौं स्थानमा छन्। ६ खेल खेल्दा दोश्रो हार पश्चात पनि कोलकाता ६ अंक सहित दोश्रो स्थानमा यथावत छ।

अंकतालिका 

 





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]