IPL 2020 : सर्वोत्कृष्ट बलिंग आक्रमण भएको ३ टोली

इन्डियन प्रिमियर लिग (आईपिएल) को १३ औँ संस्करण युनाइटेड अरब एमिरेट्स (युएई) मा सेप्टेम्बर १९ देखि नोभेम्बर ८ सम्म आयोजना हुँदैछ। विश्वकै धनि र चर्चित लिगमा सबै टोलीहरुको आ-आफ्नो बलियो र कमजोर पक्ष रहेको छ। तर बलिंग गहिराइ रहेको टिमलाई मजबुत टिमको रुपमा सधै हेर्ने गरिन्छ। आईपिएल युएईको गर्मिमा आयोजना हुन लागिएको र लामो समयको अन्तराल पछि खेलाडीहरु मैदानमा फर्कन लागेका कारण उनीहरुलाई चोटले पिरोल्ने सम्भावना उच्च रहेको छ। यसै कारण विकल्पमा राम्रो खेलाडीहरु उपस्थित रहेको टिमलाई फाइदा हुनेछ। आईपिएलमा सर्वोत्कृष्ट बलिंग आक्रमक रहेको ३ टोलि बारे यो लेखमा चर्चा गरिएको छ:-

१. चेन्नाई सुपर किंग्स

भारतीय पूर्व कप्तान महेन्द्र सिहं धोनीको नेतृत्वमा रहेको चेन्नाई सुपर किंग्स पछिल्लो सिजन आईपिएलको रनर-अप टिम हो। चेन्नाईको २४ सदस्यीय टोलिमा १३ जना नियमित बलरहरु छन्। १३ मध्ये ६ जना तल्लो क्रममा ब्याटिंग गर्दै ठूला शट प्रहार गर्न सक्ने खुबी राख्छन्।

चेन्नाईको ओपनिंग बलिंग दिपक चाहारले सम्हाल्ने गर्छन्। २०१८ मा टिमसंग जोडिएका चाहारले आईपिएलको पछिल्लो २ सिजनमा शानदार प्रदर्शन गरेका छन् जसकारण उनलाई भारतीय टिमको ढोका खोल्न समेत मद्दत गरेको थियो। यस्तै २ पटक पर्पल क्याप जितिसकेका ड्वेन ब्राभोले टिमको डेथ बलिंग सम्हाल्ने छन्। उनि २०११ यता चेन्नाईको महत्वपूर्ण सदस्य हुन्। चाहार र ब्राभोको उपस्थितिमा टिमको फास्ट बलिङ पक्ष मजबुत देखिन्छ।

सुरुवाती ओभरमा चाहारलाई लुंगी एन्गिडिले साथ दिन सक्छन्। एन्गिडिले २०१८ को डेब्यु सिजनमा नै ७ खेलमा ११ विकेट हात पारेका थिए। उनी हाल साउथ अफ्रिकाको पहिलो रोजाईको बलर समेत हुन्। एन्गिडि र चाहारको संयोजन राम्रो रहने अनुमान गरिएको छ।

धोनीसँग फास्ट बलिङमा जोश हेजलवुड र स्याम करनको विकल्प रहेको छ। दुबै खेलाडीलाई टिमले अक्सनबाट टिममा भित्र्याएको थियो। हेजलवुडले अहिलेसम्म ८२ टि-२० खेलमा ८९ विकेट हासिल गरेका छन्। स्याम करनले पनि गत डेब्यु सिजनमा किंग्स-११ पंजाबको प्रतिनिधित्व गर्दै ह्याट्रिक लिएका थिए। शार्दुल ठाकुर समेत टिममा हुँदा धोनीसँग तीब्र गति बलरको थुप्रै विकल्पहरु रहने छन् |

स्पिन डिपार्टमेन्टतर्फ धोनी कप्तानीको टिममा आईपिएल इतिहासकै तेश्रो ( हरभजन सिंह) र चौथो (पीयूष चावला) सर्वाधिक विकेट लिने अनुभवी बलर रहेका छन्। गत सिजनको पर्पल क्याप विजेता लेग स्पिनर इमरान ताहिर पनि टिममा छन्। उनीहरुको अनुभव युएईको स्पेन मद्दत गर्ने पिचमा निकै लाभदायक हुनेछ।

सिएसकेसँग लेग स्पिनर कर्न शर्मा, बायाँ हाते स्पिनरद्वय रविन्द्र जडेजा र मिचेल स्यान्टनर पनि छन्। यी स्पिनरहरुले खेलको जुनसुकै अवस्थामा पनि बलिङ गरेर विकेट निकाल्ने खुबी राख्छन्। आईपिएल इतिहासमै सर्वाधिक विकेट कर्ताको सुचीमा दसौं स्थानमा रहेका जडेजाले हालसम्म १०८ विकेट हात पारिसकेका छन्। किफायती बलिंग गर्दै उनि साझेदारी तोड्न सक्षम छन्।

बलिङ गहिराइ र विविधता भएको कारण यो सिजनको आईपिएलमा चेन्नाईको बलिङ पक्ष निकै मजबुत रहेको छ। बिपक्षी टिमको ब्याट्सम्यानहरुले सिएसकेको बलिङ आक्रमणबाट जोगिन कठिन मिहिनेत गर्नु पर्नेछ।

 

२. दिल्ली क्यापिटल्स

यो सिजनको आईपिएलमा दिल्ली क्यापिटल्सको बलिङमा अनुभव र युवा प्रतिभाको मिश्रण छ। दक्षिण अफ्रिकाका तीब्र गतिका बलर कागिसो रबाडाले डेल्लीको फास्ट बलिङ पक्ष सम्हाल्ने छन्। स्पिनतर्फ अनुभवी लेगस्पिनर अमित मिश्रा र युवा प्रतिभा सन्दिप लामिछाने टिममा समावेश छन्।

२२ सदस्यीय टोलि रहेको दिल्लीमा १२ नियमित बलर उपलब्ध छन्। १२ मध्ये ८ जना फास्ट बलरहरु रहेका कारण दिल्लीमा सुरुवाती र डेथ ओभरमा बलिङ गर्न थुप्रै विकल्प उपलब्ध छन्।

पछिल्लो सिजनमा इशान्त शर्माले व्यक्तिगत दोस्रो उत्कृष्ट इकोनोमी रेट ( ७.५८ ) र सर्वोत्कृष्ट स्ट्राइक रेट ( २१.५३ ) दर्ता गरेका थिए। उनले सुरुवाति ओभरमा किफायती बलिङ गर्दै टोलिलाई सफलता दिलाउने खुबी राख्छन्। सुरुवाती ओभरमा इशान्तको स्विङ र रबाडाको गतिको संयोजन शानदार ढंगमा उपयोगी हुन सक्छ।

पावरप्ले ओभरमा आश्विन र लामिछानेबाट बलिङ गराउने विकल्प श्रेयस ऐयरसँग उपलब्ध रहने छ। दुबै खेलाडी आईपिएलमा राम्रो प्रदर्शन गर्दै आएका छन्। अफस्पिन बलिङ बाबजुद अश्विनसँग क्यारम बल र लेग स्पिन उपलब्ध छ। नेपाली युवा स्पिनर सन्दिप लामिछानेले पहिलो सिजनमा ३ खेल खेल्दै पाँच विकेट हात पारेका थिए। त्यसपछि, उनी विश्वभर सबै टि-२० लिगमा छाएका छन्। दोश्रो सिजनमा सन्दिपले ६ खेलमा मौका पाउदा ८ विकेट लिएका थिए।

आईपिएल इतिहासकै सर्वाधिक विकेटकर्ता अमित मिश्राले बिपक्षीको मिडल अर्डर तहसनहस पार्ने खुबी राख्छन् र फिंगर स्पिनर अक्षर पटेलले मिडर अर्डरमा किफायती बलिङ गर्दै साझेदारी तोड्ने काम गर्छन्।

रबाडाको पछिल्लो सिजन उत्कृष्ट घटेको थियो। उनले २५ विकेट हात पार्दै सर्वाधिक विकेट कर्ताको सुचीमा दोस्रो स्थानमा रहेका थिए।रबाडालाई डेथ ओभरमा आईपिएल २०१४ को पर्पल क्याप विजेता मोहित शर्माले साथ दिन सक्छन्। उनले गतिको मिश्रण गर्दै ब्याक-अफ-दि-ह्यान्ड स्लोअर बलको प्रयोग गरेर किफायती बलिङ गर्ने गर्छन्। दिल्ली  टिममा भारतीय तिब्र गतिका युवा बलर आवेश खान र हर्शल पटेल समावेश छन्। २०१८ को आईपिएलमा खानले सुरुवाती ओभरमा राम्रो गतिमा सन्तोषजनक प्रदर्शन गरेका थिए। पटेल पनि २०१२ यता आईपिएल खेल्दै आइरहेका छन्।

यस्तै टिममा करेबियन खेलाडी किमो पौल रहेका छन् जसको ५१ टि-२० खेलमा १७.२ को स्ट्राइक रेट रहेको छ। उनले पछिल्लो सिजन पनि दिल्लीकै लागि खेलेका थिए। दिल्लीले अक्सनमा अष्ट्रेलियाका खेलाडी मार्कस स्टोइनिस र इङ्ग्ल्यान्डका खेलाडी क्रिश वोक्सलाई टिममा भित्र्याएको थियो। तर,वोक्सले आईपिएलबाट नाम झिकेपछि दिल्लीले दक्षिण अफ्रिकी फास्ट बलर नोर्कियालाई टिममा भित्र्याएको छ। नोर्कियाले १४५ को गतिमा बलिङ गर्न सक्छन्। यस्तै जेसन रोयकको स्थानमा आएका अर्का तीव्र गति बलर ड्यानियल स्याम्सको उपस्थितिले टिमको तीव्र गति बलिंग झनै बलियो हुनेछ। स्याम्सले गत सिजन बिग ब्यास लिगमा सबैभन्दा धेरै विकेट लिएका थिए जो डेथ ओभरमा उत्कृस्ट बलिंग गर्ने क्षमता राख्ने गर्छन्।

अनुभव र उदयमान प्रतिभाको मिश्रणको कारण डेल्लीको बलिङ मजबुत देखिन्छ जसको बलमा यो सिजन पहिलो पटक आईपिएल उपाधी हात पार्ने सोचमा रहने छ।

३. सनराइजर्स हैदराबाद

पछिल्लो ४ सिजनबाट आईपिएलमा हैदराबादको उत्कृष्ट बलिङ आक्रमक रहेको छ। हैदराबादको बलरहरुले २ पटक पर्पल क्याप जितेका छन् जसकारण टिम २०१६ यता प्रत्येक पटक प्लेअफमा ठाउँ बनाउन सफल भएको छ।

भुवनेश्वर कुमार र राशिद खान जस्ता मजिएका बलर सम्मिलित टिम बसिल थम्पी, सन्दिप शर्मा, सिद्धार्थ कौल, खलिल अहमद, शाहबाज नदिम र मोहम्मद नाबी जस्ता प्रतिभाले सजिएको छ। सबै बलर आ-आफ्नो ठाउँमा सफल रहेका छन्। २०१७ मा थम्पिले ‘आईपिएल इमर्जिङ अवार्ड’ हात पार्दा अन्य सबै बलरहरुले राष्ट्रिय टिमको प्रतिनिधित्व गरेका छन्।

भुवनेश्वर र सन्दिपले हैदरावादको लागि सुरुवाती ओभरमा बलिङ गर्न सक्छन्। उनिहरु दुबैले स्विङ प्राप्त गर्नुका साथै दुबै दिशामा बल मुभ गराउने खुबि राख्छन्। २०१६ र २०१७ को सिजनमा पर्पल क्याप जितेका भुवनेश्वरले सुरुवाती ओभरमा बलिङ गर्नुका साथै डेथ ओभरमा  पनि किफायती बलिङ गर्ने हैसियत राख्छन्। दुबै खेलाडी प्रभावकारी ढंगले नकल बलको प्रयोग गर्न माहिर छन्।

अफगानिस्तान राष्ट्रिय टोलिका महत्त्वपूर्ण सदस्य राशिद खान र मोहम्मद नाबीको उपस्थितिले स्पिन पक्ष मजबुत देखिन्छ। राशिद खान हाल टि-२० मा विश्वकै सर्वोत्कृष्ट स्पिनर हुन्। उनले कठिन अवस्थामा पनि शानदार बलिङ गर्न सक्छन् । आईपिएको अफ्ट्यारो अवस्थामा बलिङ गर्ने राशिदको नाममा इतिहासकै कम इकोनोमी ( ६.५५ ) रहेको छ।

मिडल अर्डरका लागि हैदराबादसँग खलिल अहमद, बसिल थम्पी र सिद्धार्थ कौलको विकल्प रहेको छ। २०१८ को सिजनमा कौलले १७ खेलमा २१ विकेट हात पारेका थिए भने जम्मा ९ खेल खेलेका अहमदले १९ विकेट हाँसिल गरेका थिए। दुबै टोलि त्यसपश्चात भारतीय टोलिमा परेका थिए।

टिमले अल-राउन्डर विजय शङ्खर, मिचेल मार्श, फावियन एलियनबाट पनि केही ओभर कटाउन सक्छ। उनिहरुसँग अग्ला खेलाडी बिल्लि स्टानलेकको पनि विकल्प छ। युएईको पिचमा बल तल बस्ने हुदा उनको उचाई र गति निकै लाभदायक सावित हुन सक्छ। हैदराबादको स्पिन र फास्ट बलिङ पक्ष दुबै मजबुत छ। उनिहरु सामु धेरै रन बनाउन विरोधी टोलिले निकै संघर्ष गर्नपर्ने हुन्छ।

सम्बन्धित :-

सनसनीपूर्ण खेलमा इंग्ल्यान्डद्वारा अस्ट्रेलिया २ रनले पराजित

चेन्नाईका भेट्रान स्पिनर हरभजनले आईपीएल नखेल्ने, कारण यस्तो

IPL : दिल्लीले भित्र्याएको अस्ट्रेलियन बलर जसको नाममा छ बिग ब्यास लिगको २ ठुलो रेकर्ड

IPL : वोक्सको स्थानमा दिल्लीले दक्षिण अफ्रिकी पेसर नोर्कियालाई भित्र्यायो

आईपिएल : यो सिजन डेब्यु गर्न सक्ने ५ विदेशी खेलाडी

क्रिकेटरहरुको २०१९ को तलब १० हजार बढ्ने, पढ्नुस कुन श्रेणीको खेलाडीको कति छ तलब





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]