IPL : गावस्करले बताए चेन्नाईलाई उपाधि जित्न मुस्किल हुने कारण

इन्डियन प्रिमियर लिग इतिहासमा ३ पटक उपाधि जितीसकेको चेन्नाई सुपर किंग्स टिम बारे १३ औं सिजन सुरु हुनु अघि विश्लेशकहरुको प्रतिक्रिया चेन्नाई फ्यानहरुको लागि प्रिय छैन। भारतीय पूर्व क्रिकेटर गौतम गम्भीरले र आकाश चोपडाले पहिलो खेलमा चेन्नाई भन्दा मुम्बईको जित्ने सम्भावना बढी भएको प्रतिक्रिया दिएका थिए। सेप्टेम्बर १९ मा उद्घाटन खेल अघि अर्का पूर्व भारतीय लेजेण्ड सुनिल गावस्करले चेन्नाई टिमको ठूलो कमिको बारेमा बताएका छन् जुन कारणले चेन्नाई चौथो पटक उपाधि जित्ने अभियानमा बाधक बन्न सक्नेछ।

सुनिल गावस्करका अनुसार धोनी कप्तानीको टिममा युवा खेलाडीहरुको कमी रहेको छ जुन कारण उपाधि जित्ने अभियानमा धक्का पुग्न सक्नेछ। ७१ वर्षीय गावस्कर आईपीएलमा अंग्रेजी कमेन्टेटरको भूमिकामा हुनेछन्।

“कुनै पनि राम्रो आईपीएल टिममा युवा र अनुभवी खेलाडीहरुको मिश्रण हुन्छ, तर चेन्नाईको टिममा यस्तो युवा खेलाडी छैनन् जसले टिमको उर्जा माथि लैजानेछ।”

“सुरेश रैना र हरभजन सिंह जस्ता उत्कृस्ट खेलाडीको कमीको मूल्य टिमले चुकाउनु पर्नेछ। टिममा दुइ अनुभवी खेलाडीको अभाव महसुस हुनेछ जसको प्रतिस्थापन अन्य खेलाडीले गर्न सजिलो हुनेछैन। यही कारणले मलाई लाग्छ यो पटक चेन्नाईले निकै मुस्किलको सामना गर्नुपर्नेछ। तथापी दुइ खेलाडीको अनुपस्थितिमा अन्य युवा खेलाडीले मौका पाउनेछन्।”

ताहिर, धोनी र वाटसन चेन्नाईबाट खेल्दैछन्

चेन्नाई टिम पाका खेलाडीहरु रहेको टिम हो जसको कप्तान महेन्द्र सिंह धोनी ३९ वर्षका भैसकेका छन्। उनि बाहेक ड्वेन ब्राभो, इमरान ताहिर, शेन वाटसन जस्ता खेलाडीहरु पनि ३५ पार गरिसकेका छन्। मुरली विजय, अम्बाती रायडुको पनि उमेर ३५ वरपर रहेको छ। यो अवस्थामा धोनीले टिमबाट उत्कृस्ट प्रदर्शन निकाल्न मुस्किल हुने गावस्करले आंकलन गरेका छन्।

“यो पटक चेन्नाईले मुरली विजयबाट ओपनिंग गराउनु पर्नेछ। त्यसपछि अम्बाती रायडु र महेन्द्र सिंह धोनीले नम्बर ३ र ४ मा ब्याटिंग गर्नुपर्छ।” धोनीले यस अघि ६-७ नम्बरमा ब्याटिंग गर्दै आएका थिए। तेश्रो नम्बरमा ब्याटिंग गर्ने रैनाको अनुपस्थितिमा धोनीले ब्याटिंग क्रम परिवर्तन गर्नुपर्ने गावस्करको धारणा रहेको छ।

“सुरेश रैना जसले टिमलाई सन्तुलित बनाउदै आएका थिए र मैदानमा शत प्रतिशत दिने गर्थे। बायाँ हाते ब्याट्सम्यानको सेवालाई टिमले याद गर्नेछ।”

आईपीएलको उद्घाटन खेलमा चेन्नाईले डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डीएन्ससंग सेप्टेम्बर १९ मा खेल्दैछ। गत सिजन फाइनलमा मुम्बईले चेन्नाईलाई १ रनले पराजित गरेको थियो।

चेन्नाई टिम २०२० : ब्याट्सम्यान – मुरली विजय, फाफ डु प्लेसिस, रुतुराज गायकवाड, अम्बती रायडु , विकेटकिपर – महेन्द्र सिंह धोनी ( कप्तान ) , नारायण जगदिशन , अल-राउण्डर – रभिन्द्र जडेजा, मिचेल स्यान्टनर , शेन वाटसन, ड्वेन ब्राभो, केदार जाधव, स्याम करन , फास्ट बलर – दिपक चाहर, जोश हेजलवुड, लुंगी एनगीडी, शार्दुल ठाकुर, केएम आसिफ, मोनु कुमार , स्पिनर – इमरान ताहिर, कर्ण शर्मा, पियुष चावला, साइ किशोर

यो पनि पढ्नुस :-

यस्तो छ यो सिजन IPL मा कमेन्टेटरहरुको सूची, छैनन् मंज्रेकर

IPL 2020 : कस्तो छ धोनीको टिम चेन्नाई सुपर किंग्स

गौतम गम्भीरको विश्लेषण- पहिलो खेलमा चेन्नाई भन्दा मुम्बईको ‘हात माथि’

IPL : यस्तो छ क्रिक्इन्फोले चुनेको दिल्लीको सम्भावित अन्तिम-११

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy