दुई यादव चम्किंदा दिल्लीद्वारा मुम्बई पराजित

कुलदिप यादव र ललित यादवले उत्कृस्ट प्रदर्शन गर्दा दिल्ली क्यापिटल्सले आईपीएलमा विजयी सुरुवात गरेको छ।

मुम्बई स्थित ब्राबर्न स्टेडियममा मुम्बईलाई ४ विकेटले पराजित गर्ने क्रममा १७८ रनको लक्ष्य दिल्लीले १० बल बाँकी रहँदै ६ विकेट गुमाएर भेटायो।

लक्ष्य पछ्याउने क्रममा दिल्लीले ३२ रन बनाउदा ३ विकेट गुमायो। चौंथो विकेटको लागि पृथ्वी शले ललित यादवसंग ४० रन जोडे। दशौँ ओभरमा पृथ्वी ३८ रन बनाएर आउट भएपछि यादवले एक किनार सम्हाले। उनले छैठौं विकेटको लागि शार्दुल ठाकुरसंग ३२ रन जोडे। ११ बलमा ४ चौका मद्दतले २२ रन बनाएर ठाकुर आउट भएपछि यादवले अक्षर पटेलसंग मात्र ३० बलमा ७५ रनको साझेदारी गर्दै जितसम्म पुर्याए।

यादवले ३८ बलमा ४ चौका र २ छक्का मद्दतले अविजित ४८ रन तथा पटेलले १७ बलमा २ चौका र ३ छक्का मद्दतले अविजित ३८ रन बनाए।

मुम्बई बलर बसिल थम्पीले ३ विकेट ( ४-०-३५-३ ) तथा मुरुगन आश्विनले २ विकेट ( ४-०-१४-२ ) लिएता पनि जित्न पर्याप्त रहेन।

टस हारेर ब्याटिंग गरेको मुम्बईले २० ओभरमा ५ विकेट क्षेतीमा १७७ रन बनाएको थियो।

मुम्बईको लागि ओपनर इशान किशनले अविजित ८१ रन बनाए जुन क्रममा ४८ बलमा ११ चौका र २ छक्का प्रहार गरे। यस्तै कप्तान रोहित शर्माले ४१, तिलक वर्माले २२ तथा टिम डेभिडले १२ रन योगदान दिए।  किशनले रोहितसंग ६७ रनको ओपनिंग साझेदारी गरे।

दिल्लीका बलर कुलदिप यादवले १८ रन खर्चेर ३ विकेट तथा खलिल एहमदले २७ रन खर्चेर २ विकेट लिए।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]