चिन्नुस् आईपीएल खेलेका यी क्रिकेटर जो ललितपुरबाट ईपीएल खेल्दैछन्

  • विकेटनेपाल, मङ्सिर २७- बुधबार 

एभरेस्ट प्रिमियर लिग टिम ललितपुर प्याट्रियट्सले आईपीएल खेलेका १ खेलाडी सहित ३ जना बिदेशी खेलाडीहरुलाई आफ्नो टिममा समाबेश गरेको छ।

आज आयोजित पत्रकार सम्मेलनमा प्याट्रियट्सले मार्की प्लेयर समेत रहेका ज्ञानेन्द्र मल्ललाई टिम कप्तान समेत घोषणा गरेको छ।

आईपीएल टिम दिल्ली डेयर डेभिल्सबाट खेलीसकेका खेलाडी योगेश नागरलाई प्याट्रियट्सले आफ्नो टिममा अनुबन्ध गरेको हो। यस्तै प्रथम श्रेणी क्रिकेट खेलीसकेका सुबोध भाटी र जयकिशन अनिलकुमार कोलसावाला पनि प्याट्रियट्सको लागि खेल्नेछन्।

योगेश नागर ( फोटो – क्रिकइन्फो )

दिल्लीको लागि आईपीएलमा सन् २००८/९ को सिजनमा डेब्यु गरेका योगेश नागर विस्फोटक ब्याटिंगको कारण चिनिने गर्छन्। छोटो फर्म्याटको क्रिकेटका बिशेष खेलाडी नागरले २०१२ सम्म आईपीएलको २६ खेल खेलेका थिए। २६ खेलको २० इनिंगमा उनले २०.३६ को औशतले कुल २८५ रन बनाएका थिए जसमा उनको सर्बाधिक ४४ रन थियो जुन उनले २०१२ मा चेन्नई बिरुद्ध बनाएका थिए। त्यसपछि भने नागरले आईपीएल टिममा स्थान बनाउन सकेका छैनन् भने २०१५ यता रणजी टिममा समेत पर्न असफल छन्।

योगेश नागर

यस्तै बरोडाका लागि रणजी खेल्ने विकेट किपर ब्याट्सम्यान जयकिशन अनिलकुमार कोलसावालालाई पनि प्याट्रियट्सले टिममा अनुबन्ध गरेको छ। प्याट्रियट्स प्रशिक्षक राजु बस्नेतले टिममा विकेटकिपर ब्याट्सम्यानको स्थान रिक्त रहेको जसलाई पूर्ति गर्न उनलाई अनुबन्ध गरेको विकेटनेपाललाई जानकारी गराएका छन्।

“देब्रे हाते ओपनिंग ब्याट्सम्यान र विकेटकिपरको भूमिका निर्वाह गर्न सक्ने खेलाडी टिमलाई आवश्यक थियो जसकारण कोलसावालालाई टिममा लिएका हौं” बस्नेतले बताए।

उत्कृस्ट विकेट किपिंग तथा ओपनिंग ब्याट्सम्यानको रुपमा परिचय बनाएका कोलसावाला स्थानीय स्तरमा प्रख्यात क्रिकेटर मानिन्छन्। २८ बर्षिय जयकिशन ले सन् २०१० मा ओडीसा बिरुद्द खेल्दै बरोडाका लागि रणजी ट्रफी खेल्दै प्रथम श्रेणी क्रिकेटको सुरुवात गरेका थिए भने बरोड़ाको लागि यु-१५ देखि यु-२५ सम्म सबै उमेर समुहको प्रतिनिधित्व गरिसकेका छन्। बरोड़ा क्रिकेट एसोसिएसनको टिम सन् २०१० मा केन्याको भ्रमण गर्दा उनले तीन दिवसीय खेलमा अविजित १०१ रन प्रहार गर्दै खेल बराबरीमा लैजान योगदान दिएका थिए।

जयकिशन कोलसावाला

प्रशिक्षक बस्नेतले खेलाडीहरु चयन गर्दा टिमको सन्तुलन ध्यान दिएको प्रतिक्रिया दिएका छन्। बिदेशी खेलाडीको उपस्थितिले टिममा प्रत्यक्ष प्रभाब पार्ने र नेपाली खेलाडीहरुले प्रसस्त सिक्ने मौका पाउने उनले बिश्वास ब्यक्त गरे। ईपीएल खेल्न खेलाडीहरुले प्रतिखेल ३० देखि ५० हजार रुपैयाँ सम्म लिने विकेटनेपाललाई जानकारी प्राप्त भएको छ।

यस्तै टिमले दिल्लीका अलराउण्डर सुबोध भाटीलाई पनि टिममा भित्र्याएको छ। प्रतिष्ठित भारतीय घरेलु प्रतियोगिता विजय हजारे र मुस्ताक अलि ट्रफीमा उत्कृस्ट मिडियम पेस बलिंग र ब्याटिंग गर्दै प्रभावित बनाएका भाटी आईपीएल खेल्न सक्ने युवा खेलाडीको रुपमा आंकलन गरिंदै आएको छ।

सुबोध भाटी

भाटीले सन् २०१५ को रंजी ट्रफी क्रिकेटमा अक्टोबर महिनामा गौतम गम्भीरको कप्तानीमा खेल्दै प्रथम श्रेणीको क्रिकेटमा पाइला चालेका थिए। २०१६ को विजय हजारे ट्रफीमा उनले कुल ९ खेलमा १४.४४ को औशत, २४.६ को स्ट्राइक रेट तथा मात्र ३.५२ को इकोनोमिमा १८ विकेट लिंदै प्रतियोगिताकै धेरै विकेट लिने खेलाडीको सुचीमा चौथो स्थानमा थिए। उनि भन्दा बढी जस्प्रित बुम्राले २१ तथा अक्सर पटेलले १९ विकेट लिएको प्रतियोगितामा उत्कृस्ट प्रदर्शन पछि उनलाई आईपीएल टिमले लिने आंकलन गरे पनि उनि रोजाईमा परेका थिएनन्। चर्चित क्रिकेट वेबसाइट क्रिकेटकन्ट्रीले २०१६ को आईपीएलमा टिमले लिन सक्ने युवा खेलाडीको सुचीमा भाटीलाई राखको थियो।

यो पनि पढ्नुस – ईपीएल टिकट मूल्य घोषणा, यस्ता छन् दर्शकलाई आकर्षण

प्याट्रियट्स टिममा ज्ञानेन्द्र मल्ल सहित, मेहबुब आलम, सन्दिप लामिछाने जस्ता रास्ट्रिय क्रिकेटरहरु छन्। यस्तै ललित राजबंशी, कुशल भुर्तेल, शंकार राना, पवन शर्राफ, राजबिर सिंह, सन्दिप जोरा, रासिद खान जस्ता यु-१९ रास्ट्रिय क्रिकेट टिमको लागि खेलीसकेका खेलाडी छन्। घरेलु टि-२० प्रतियोगितामा लगातार राम्रो प्रदर्शन गर्ने सोनु तामांग पनि टिममा छन्। गत हफ्ता टिमले ट्यालेन्ट हन्टमार्फत ४ जना क्रिकेटरहरु प्रतिस जिसी, रित गौतम, सुमित झा, बिपिन आचार्यलाई छनौट गरेको थियो जसबाट १ जनालाई टिममा अनुबन्ध गर्नेछ। थाईल्याण्डमा जारि एसीसी यु-१६ इस्टर्न प्रतियोगितामा रित र प्रतिस खेलीरहेका छन्।

प्रशिक्षक राजु बस्नेत

बिदेशी खेलाडीको घोषणा गर्ने ललितपुर प्याट्रियट्स ईपीएलको पहिलो टिम हो। प्रशिक्षक बस्नेतले टिममा बिदेशी खेलाडीको उपस्थितिले ठुलो प्रभाव पार्ने बताउछन् –

“बिदेशी खेलाडी खेलनाले टिमको स्तरनै फरक देखिनेछ। जसरि भारतीय फुटबलमा आईएसएलले ठुलो प्रभाव पारेको छ त्यसरीनै नेपाली क्रिकेटरहरुले आफ्नो स्तर भन्दा माथिको क्रिकेटरसंग खेल्दा खेल मात्रै हैन लाइफ स्टाइल समेत सिक्न पाउनेछन्”

ललितपुर प्याट्रियट्स लिगमा आफ्नो पहिलो खेलमा १८ डिसेम्बरमा सोमपाल कामी मार्की खेलाडी रहेको काठमाडौँ किंग्स एक्सआईसंग खेल्नेछ। खेल तालिका हेर्नुस 

ईपीएलमा काठमाडौँ किंग्स ११ , ललितपुर प्याट्रियट्स, बिराटनगर वारियर्स, भैरहवा ग्ल्याडीयटर्स, पोखरा राइनोज र चितवन टाइगर्स गरी प्रतियोगितामा ६ वटा टिम रहेका छन्।

काठमाडौँ किंग्स ११ को मार्की खेलाडी सोमपाल कामि, ललितपुर प्याट्रियट्सको मार्की ज्ञानेन्द्र मल्ल, बिराटनगर वारियर्सको मार्की पारस खड्का, भैरहवा ग्ल्याडीयटर्सको मार्की शरद भेसावकर, पोखरा राइनोजको मार्की शक्ति गौचन तथा चितवन टाइगर्सको मार्की दिपेन्द्र ऐरी रहेका छन् ।

एभरेस्ट प्रिमियर लिगको बिजेताले २१ लाख रुपियाँ पाउनेछ ।

यो पनि पढ्नुस – ११ फोटोमा हेर्नुस, ईपीएलमा यस्तो देखिनेछ टियु मैदान

 

 

 





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]