IPL : रोमान्चक खेलमा लखनउ पराजित, राजस्थान शिर्षमा

रोमान्चक खेलमा लखनउ सुपर जायन्ट्सलाई ३ रनले पराजित गर्दै राजस्थान रोयल्स आईपीएल अंकतालिकाको शिर्ष स्थानमा उक्लेको छ।

वानखेडे स्टेडियम मुम्बईमा राजस्थानले दिएको १६६ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभर ब्याटिंग गरेता पनि ८ विकेट क्षेतीमा १६२ रन बनायो।

लक्ष पछ्याउने क्रममा लखनउको सुरुवात खराब रह्यो। ट्रेन्ट बोल्टले पहिलो बलमा केएल राहुललाई बोल्ड गरे भने दोश्रो बलमा क्रिश्नप्पा गोथमलाई एलबिडब्लु पारे। तेश्रो विकेटको लागि डीककले दिपक हुडासंग ३८ रन जोडे। हुडा २५ रन बनाएर आउट भए। १६ औं ओभरमा डीकक र क्रुनाल पान्ड्याको विकेट लिंदा युजभेन्द्र चाहलले राजस्थानलाई हावी गरे।

अन्तिम २ ओभरमा जित्न ३४ रन आवस्यक हुँदा प्रसिध कृष्णाले गरेको १९ औं ओभरमा मार्कस स्टोइनिसले २ छक्का र १ चौका प्रहार गरे जुन ओभरमा १९ रन बन्यो। अन्तिम ओभरमा कुलदिप सेनले  उत्कृस्ट बलिंग गरे। ओभरको पहिलो बलमा आभेस खानले १ रन लिएर स्टोइनिसलाई स्ट्राइक दिए जसपछि सेनले लगातार तिन बल डट फाले। त्यसपछिको बलमा स्टोइनिसले चौका र छक्का प्रहार गरेता पनि जित दिलाउन सकेनन्। स्टोइनिसले १७ बलमा २ चौका र ४ छक्का मद्दतले अविजित ३८ रन बनाए।

राजस्थान रोयल्सका बलर युजभेन्द्र चाहलले सर्वाधिक ४ विकेट ( ४-०-४१-४ ) लिए। ट्रेन्ट बोल्टले २ तथा प्रसिध कृष्णा र कुलदिप सेनले १/१ विकेट लिए। चाहलले आईपीएलमा १५० विकेट समेत पुरा गरेका छन्।

टस हारेर ब्याटिंग गरेको राजस्थान रोयल्सले २० ओभरमा ६ विकेट क्षतिमा १६५ रन बनाएको थियो।

६७ रनमा ४ विकेट गुमाएको अवस्थामा पाँचौ नम्बरमा ब्याटिंग गरेका शिमरन हेटमायरले अविजित अर्धशतक बनाउदै इनिंग्स उकासे। हेटमायरले ३६ बलमा १ चौका र ६ छक्का मद्दतले ५९ रन बनाए। उनले पाँचौ विकेटको लागि रभीचन्द्रन आश्विनसंग ६८ रनको साझेदारी गरे। आश्विनले रिटायर्ड आउट हुनु अघि २३ बलमा २ चौका मद्दतले २८ रन बनाए। ओपनर देभदत्त पडीक्कलले २९ तथा जोस बटलर र संजु स्यामसनले समान १३ रन बनाए।

अंकतालिका 

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy