विश्वकप छनोट : सातौँ स्थानको लागि नेपाल टेस्ट राष्ट्र आयरल्याण्डसंग खेल्दै

जिम्बावेमा जारी रहेको आइसीसी विश्वकप छनोटको अन्तर्गत सातौं स्थानका लागि आज नेपालले टेस्ट राष्ट्र आयरल्यान्डसंग खेल्दैछ।

खेल हरारेमा रहेको टाकासिंगा स्पोर्टस् क्लबमा हुदैछ जुन नेपाली समय मध्यान्ह १२:४५ बाट सुरु हुनेछ । टाकासिंगा स्पोर्टस् क्लब मैदानमानै सम्पन्न सातौँ स्थानको लागि प्ले-अफ सेमीफाइनलमा नेपालले युएईलाई पराजित गर्दै आयरल्याण्डसंग भेट पक्का गरेको थियो।

नेपालले आयरल्यान्डसँग एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेल्न लागेको यो पहिलो अवसर हो । आयरल्यान्ड नेपालले ओडिआई खेल्न लागेको तेस्रो टेस्ट मान्यता प्राप्त मुलुक हो। प्रतियोगितामा नेपालले टेस्ट राष्ट्र जिम्बाब्वे र वेस्टइन्डिजसंग प्रतिस्पर्धा गरिसकेको छ।

आयरल्याण्डलाई पराजित गरे नेपालको टेस्ट राष्ट्र विरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा ऐतिहासिक पहिलो जित हुनेछ। सन् २०१८ मा जिम्बाब्वेमै आयोजित विश्वकप छनोटमा नेपाल आठौँ स्थानमा रहेको थियो। यस पटक एक स्थान माथि प्रतियोगिता अन्त्य गर्ने अवसर पनि नेपालसंग छ।

नेपाल समूह ‘ए’ बाट ४ खेलमा ३ मा हार र १ मा जित सहित चौथो स्थानमा रहेर बाहिरिएको थियो । नेपालले अमेरिकालाई हराएको थियो । जिम्बावे, वेस्टइन्डिज र नेदरल्यान्ड्ससँग पराजित भएपछि सुपर सिक्समा पुग्न सकेको थिएन ।

उता, आयरल्यान्ड पनि ४ खेलमा ३ मा हार र १ मा जितससहित चौथो स्थानमा रहेर समूह बी बाट सुपर सिक्स पुग्न सकेको थिएन । आयरल्यान्ड समूह चरणमा ओमान, स्कटल्यान्ड र श्रीलङ्कासँग पराजित भएको थियो।

पछिल्लो भेट 

नेपाल र आयरल्याण्ड बीच पहिलो पटक एकदिवसीय क्रिकेटमा भेट भएको हो। हालसम्म दुई देश बीच तिन पटक टि-ट्वान्टी अन्तर्राष्ट्रियमा भेट हुँदा तिनै पटक नेपाल पराजित भएको छ।

सन् १०१५ को टि-२० विश्वकप छनोटमा घरेलु टिम रहेको आयरल्याण्डले नेपाललाई ८ विकेटले सहजै पराजित गरेको थियो। नेपालले दिएको ५४ रनको लक्ष्य आयरल्याण्डले ८ ओभरमा २ विकेट क्षेतीमा भेटाएको थियो।

सन् २०१५ मा ओमानमा सम्पन्न पाँच देशीय टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपाल १३ रनले पराजित भएको थियो। आयरल्याण्डले दिएको १४६ रनको लक्ष्य पछ्याएको नेपालले १९.५ ओभरमा १३२ रन बनाएको थियो। नेपालको बलिंगमा सन्दिप लामिछाने र अविनाश बोहराले २/२ विकेट लिंदा ब्याटिंगमा आरिफ शेखले २६, पारस खड्काले २५ तथा इशान पाण्डेले २२ रन बनाएका थिए। आयरल्याण्डको लागि जर्ज डकरेल र मार्क अडेरले ३/३ विकेट तथा ब्याटिंगमा पल स्टरलिंगले ५९ रन बनाएका थिए।

सन् २०२२ मा ओमानमा आयोजित चार देशीय टि-२० अन्तर्राष्ट्रिय सिरिजमा दिपेन्द्र ऐरीको अलराउण्ड प्रदर्शन बाबजुद नेपाल १६ रनले पराजित भएको थियो। आयरल्याण्डले दिएको १२८ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले २० ओभरमा ९ विकेट क्षेतीमा १११ रन मात्र बनाएको थियो। नेपालको लागि दिपेन्द्र एरीले २८ र आसिफ शेखले २३ रन बनाउदा बलिंगमा दिपेन्द्रले ४ विकेट तथा अविनाश बोहराले २ विकेट लिएका थिए।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]