ब्याटिंग नचल्दा आयरल्याण्डसंग नेपाल पराजित

ओमानमा जारी चार देशीय टि-ट्वान्टी सिरिज अन्तर्गत तेश्रो तथा अन्तिम खेलमा नेपाल टेस्ट राष्ट्र आयरल्याण्डसंग पराजित भएको छ। टि-ट्वान्टी अन्तर्राष्ट्रियमा तेश्रो पटक आयरल्याण्डसंग आमने सामने भएको नेपाल तिनपटकनै पराजित भएको छ।

अल अमिरात मैदानमा आयरल्याण्डले दिएको १२८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले पुरै २० ओभर ब्याटिंग गरेता पनि ९ विकेट क्षेतीमा १११ रन मात्र बनाउन सक्यो।

लक्ष्य पछ्याउने क्रममा ओपनर कुशल भुर्तेल र आसिफ शेखले २६ रनको साझेदारी गरे। पाँचौ ओभरमा भुर्तेल १५ रन बनाएर ब्यारी म्याकार्थीबाट बोल्ड भए। लगत्तै ओभरमा लोकेश बम ६ रन बनाएर मार्क अडेरबाट क्याच आउट भए। त्यसपछि आठौँ ओभरमा आसिफ शेख २३ रन बनाएर एन्डी म्याकब्रायनबाट क्याच आउट भए। नेपाल ५०/३ को अवस्थामा पुग्यो।

त्यसपछि दिपेन्द्र ऐरीले एक किनार सम्हालेता पनि विकेट जाने क्रम रोकिएन। सुस्त ब्याटिंग गरेका ज्ञानेन्द्र मल्ल एघारौं ओभरमा १२ बलमा ५ रन बनाएर म्याकार्थीबाट क्याच आउट भए। लगत्तै ओभरमा शरद भेसावकर १ रन बनाएर कर्टिस क्याम्फरबाट एलबिडब्लु भए। त्यसपछि दिपेन्द्रले कुशल मल्लसंग २२ रन जोडे। सत्रौं ओभरमा दिपेन्द्रलाई म्याकार्थीले क्याच आउट पारे जस अघि उनले २८ रन बनाए। लगत्तै ओभरमा १६ बलमा ९ रन बनाएका कुशल सिमि सिंहबाट क्याच आउट भए। १ चौका र १ छक्का मद्दतले १३ रन बनाएका कमल सिंह ऐरी पनि लगत्तै बलमा सिंगबाट क्याच आउट भए। उन्नाईसौ ओभरमा सिंहले मात्र ४ रन खर्चेर २ विकेट लिंदा आयरल्याण्ड हावी भयो। अन्तिम ओभरमा जित्न २० रन आवस्यक हुँदा नेपालसंग २ विकेट बाँकी थियो।

आयरल्याण्डका बलर मार्क अडेर ( ४-०-२४-२ ), सिमि सिंह ( ४-०-३२-२ ) , व्यारी म्याकार्थी ( ४-१-१६-२ ) र एन्डी म्याकब्रायनले ( ४-०-१३-२ ) समान दुई विकेट तथा कर्टिस क्याम्फरले एक विकेट ( ४-०-२३-१ ) लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको आयरल्याण्डले २० ओभरमा सबै विकेट गुमाएर १२७ रन बनाएको थियो। आयरल्याण्डको ब्याटिंगमा जर्ज डकरेलले सर्वाधिक २८ रन, कर्टिस क्याम्फरले २० रन,एन्ड्रयु बालबर्नीले १९ रन लोर्कान टकरले १५ रन तथा शेन गेटकेटले १४ रन बनाए।

आयरल्याण्डले पावरप्ले भित्र शिर्ष ३ विकेट गुमाएको थियो। त्यसपछि नेपालले निरन्तर खेलमा दबाब बनायो। दिपेन्द्र ऐरीले इनिंग्सको बाह्रौं ओभरमा कर्टिस क्याम्फर र सिमि सिंहको विकेट लिंदै थप दबाब बनए। अन्तिममा डकरेलले केहि आक्रामक सट खेल्दै योगफल १ सय पार गराए।

नेपालको बलिंगमा अफ स्पिनर दिपेन्द्र ऐरीले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ४ ओभरमा २१ रन खर्चिए। टि-ट्वान्टी अन्तर्राष्ट्रियमा दिपेन्द्रको यो व्यक्तिगत उत्कृस्ट स्पेल हो। यस्तै टि-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली बलरको यो चौंथो उत्कृस्ट स्पेल हो। यस्तै अविनाश बोहराले २ विकेट लिंदा कमल सिंह ऐरी, जितेन्द्र मुखिया र सन्दिप लामिछानेले समान एक विकेट लिए।

सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा ओमानलाई ६ विकेटले पराजित गरेको थियो भने दोश्रो खेलमा युएईसंग २५ रनले पराजित भएको थियो।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]