कलैया टि-२० : मकवानपुर र बिरगंज फाइनलमा

बिरगंज र मकवानपुर बाराको कलैयामा जारि कलैया टि-२० मेयर कप २०७९ को फाइनल पुगेका छन्।

शुक्रबार सम्पन्न दुईवटा सेमीफाइनल खेल अन्तर्गत पहिलो खेलमा बिरगंजले भारतको मोतिहारी क्लबलाई तथा मकवानपुरले कलैया क्रिकेट क्लबलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गर्यो। उपाधिको लागि मकवानपुर र बिरगंज शनिवार प्रतिस्पर्धा गर्नेछन्।

सिद्धेश्वर खेल मैदानमा सम्पन्न पहिलो सेमीफाइनलमा बिरगंजले भारतको मोतिहारी क्लबलाई १० रनले पराजित गर्यो। बिरगंजले दिएको १५० रनको लक्ष्य पछ्याएको मोतिहारीले पुरै २० ओभर ब्याटिंग गर्दै ८ विकेट गुमाएर १३९ रन बनाउन सक्यो।

महोतरीका अफान गानीले सर्वाधिक ४९ रन, एजाज अन्सारीले २६ तथा सोनु अन्सारीले २३ रन बनाए। बिरगंजको बलिंगमा साहिल हवारीले ३ विकेट लिए। अल्फाज मन्सुरीले २ तथा नसरुद्दीन अन्सारीले १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको बिरगंजले २० ओभरमा ८ विकेट क्षेतीमा १४९ रन बनायो। उसको लागि सन्तोष कार्कीले सर्वाधिक ३६ रन बनाए। सफ्वान अलिले ३१ तथा नस्रुदीन अन्सारीले २२ रन बनाए। महोतरीका एजाज अन्सारीले ३ तथा आशुतोष कुमारले २ विकेट लिए।

आजै सम्पन्न दोश्रो सेमीफाइनलमा मकवानपुरले कलैया क्रिकेट क्लबलाई ३७ रनले पराजित गर्यो। मकवानपुरले दिएको १९८ रनको लक्ष्य पछ्याउने क्रममा कलैयाले १६० रनमा सबै विकेट गुमायो।

कलैयाको लागि राष्ट्रिय क्रिकेटर समेत रहेका पवन सर्राफले सर्वाधिक ४६ रन बनाए भने अरनिको यादवले १६ तथा तृत राज दासले १४ रन बनाए। मकवानपुरका बलर रिजन ढकाल र आशिष पोख्रेलले ३/३ तथा बिशाल फुयालले २ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको मकवानपुरले २० ओभरमा ८ विकेट क्षेतीमा १९७ रन बनायो।

मकवानपुरको लागि शुभ कंसाकारले शतकीय इनिंग्स खेल्ने क्रममा मात्र ५७ बलमा १२३ रन बनाए। सुमन सुनारले १७ तथा गौरब खड्काले १४ रन बनाए। कलैयाको बलिंगमा पवन सर्राफले सर्वाधिक ३ विकेट लिए भने बसिर एहमद र अनिल साहले १/१ विकेट लिए।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]