लुम्बिनीमाथि कर्णालीको रोमाञ्चक जित

काठमाडौं । कर्णाली प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशमाथि रोमाञ्चक जित दर्ता गरेको छ।

सिद्धार्थ क्रिकेट रंगशालामा बिहिवार सम्पन्न खेलमा कर्णालीले दिएको २०६ रनको लक्ष्य पछाएको गण्डकीले ४९.४ ओभरमा २०० रन बनाउँदा सबै विकेट गुमाएपछि खेलमा ५ रनले पराजित भयो।

लुम्बिनीका लागि प्रज्वल थापाले ८४ रनको अर्धशतकीय पारी खेलेपनि पर्याप्त हुन सकेन। कप्तान देव खनालले ४० रन बनाए। आकाश त्रिपाठीले २१ र मनिष थापाले १६ रन बनाए।

कर्णालीका दिपेन्द्र रावत र दिनेश अधिकारीले समान ३ विकेट लिए। प्रकाश जैसीले २ तथा दिवान पुन र सुनिल धमलाले १९१ विकेट हात पारे।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले ४८.५ ओभरमा अलआउट हुँदै २०५ रन बनाएको थियो। कर्णालीका लागि दिपेन्द्रले सर्वाधिक ६६ रन बनाए भने अर्जुन घर्तीले ५६ रन बनाए।

५६ रनमा ६ विकेट गुमेपछि दबाबमा आएको कर्णालीका लागि दिपेन्द्र र अर्जुन मिलेर १०२ रनको साझेदारी गर्दै कमब्याक गराएका थिए।

लुम्बिनीका लागि रमेश कुर्मीले ३ विकेट लिए। निर्मल गुरुङ, अजय चौहान र बिप्राशन केसीले २९२ तथा कप्तान देव खनालले १ विकेट लिए।

कर्णालीको जारी प्रतियोगितामा तेस्रो जित हो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy