केसीटिसी र पिसी फाइटर क्वार्टरफाइनलमा

Man of the match (Sanjay Basnet of Ruslan KCTC)

आयोजक काठमाडौँ क्रिकेट ट्रेनिंग सेन्टर ( केसीटिसी ) र रोयल पिसी फाइटर दोश्रो रस्लान कप क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनल प्रवेश गरेको छ l

बुधबार सम्पन्न पहिलो खेलमा केसीटिसीले क्यानोन क्रिकेट क्लबलाई ७ विकेटले तथा पिसी फाइटरले खहरी क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्यो l ( स्कोरकार्ड )

टियु मैदानमा सम्पन्न पहिलो खेलमा क्यानोन क्लबले प्रस्तुत गरेको ११२ रनको लक्ष केसीटिसीले १५ ओभरमा पुरा गर्यो l म्यान अफ द म्याच केसीटिसीका संजय बस्नेतले अविजित ४२ रनको योगदान दिए l बलिंगमा केसिटिसीको सुमित झा र दिलिप यादबले २/२ विकेट हात पारे l  पहिलो इनिंगमा क्यानोनका सुमन ठाकुरले ३८ रनको योगदान दिए l

Rabin Joshi
रबिन जोशी

यस्तै दोश्रो खेलमा खहरे क्रिकेट क्लबले दिएको ११६ रनको लक्ष रोयल पिसी फाइटरले १२.२ ओभरमै पुरा गर्यो l ओपनर रबिन जोशीले ५६ रन ( ३० बल, ७ चौका , ३ छक्का ) को योगदान दिए पछि फाइटरको जित सहज बन्यो l बलिंग तर्फ फाइटरका सुरेन्द्र चन्द र धिरज शाहीले २/२ विकेट हात पारे l जोशी म्यान अफ द म्याच घोषित भए l  ( स्कोरकार्ड )

प्रतियोगिता अन्तर्गत बिहिबारको पहिलो खेलमा बिहान ९ बजे हिमालयन व्हाइट हाउस कलेज र पिसी फाइटर ११ तथा दोश्रो खेलमा दिउसो १ बजे नेपाली राइनोज र शशस्त्र प्रहरी बल ( एपीएफ ) प्रतिस्पर्धा गर्नेछन् l

प्रतियोगिताको पुरा खेल तालिका हेर्न क्लिक गर्नुस 

 





थप समाचार

नेपालको एकदिवसीय वरियता सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको […]

चितवन रङ्गशालाबारे धुर्मुसले भने : देशका लागि काम गर्दा यति कठोर सजाय होला भन्ने कल्पनै थिएन

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रङ्गशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार रङ्गशालाबाट सामाजिक […]

सोमपाललाई चन्द्रकोटले सम्मान गर्ने

गुल्मी, चैत ७ गते । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सोमपाल कामीलाई सम्मान गर्ने भएको छ […]

लुम्बिनी सरकारले रोहित सहित ६ खेलाडीलाई सम्मान गर्ने

लुम्बिनी प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सम्मान गर्ने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को सोमबारको बैठकले आगामी वर्ष […]

किङ्सटन रनिङ सिल्ड : क्याम बेस्ट–११ विजयी

काठमाडौं, चैत ६ – क्याम बेस्ट–११ ले दोस्रो संस्करणको किङ्सटन रनिङ सिल्डमा सोमबार जेनएक्स–११ लाई ३ ले हराउँदै विजयी सुरुआत […]

आसिफले पाए सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड

सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड–२०२२ नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखले जितेका छन् । मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) ले […]