केसीटिसी र पिसी फाइटर क्वार्टरफाइनलमा

आयोजक काठमाडौँ क्रिकेट ट्रेनिंग सेन्टर ( केसीटिसी ) र रोयल पिसी फाइटर दोश्रो रस्लान कप क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनल प्रवेश गरेको छ l

बुधबार सम्पन्न पहिलो खेलमा केसीटिसीले क्यानोन क्रिकेट क्लबलाई ७ विकेटले तथा पिसी फाइटरले खहरी क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्यो l ( स्कोरकार्ड )

टियु मैदानमा सम्पन्न पहिलो खेलमा क्यानोन क्लबले प्रस्तुत गरेको ११२ रनको लक्ष केसीटिसीले १५ ओभरमा पुरा गर्यो l म्यान अफ द म्याच केसीटिसीका संजय बस्नेतले अविजित ४२ रनको योगदान दिए l बलिंगमा केसिटिसीको सुमित झा र दिलिप यादबले २/२ विकेट हात पारे l  पहिलो इनिंगमा क्यानोनका सुमन ठाकुरले ३८ रनको योगदान दिए l

Rabin Joshi
रबिन जोशी

यस्तै दोश्रो खेलमा खहरे क्रिकेट क्लबले दिएको ११६ रनको लक्ष रोयल पिसी फाइटरले १२.२ ओभरमै पुरा गर्यो l ओपनर रबिन जोशीले ५६ रन ( ३० बल, ७ चौका , ३ छक्का ) को योगदान दिए पछि फाइटरको जित सहज बन्यो l बलिंग तर्फ फाइटरका सुरेन्द्र चन्द र धिरज शाहीले २/२ विकेट हात पारे l जोशी म्यान अफ द म्याच घोषित भए l  ( स्कोरकार्ड )

प्रतियोगिता अन्तर्गत बिहिबारको पहिलो खेलमा बिहान ९ बजे हिमालयन व्हाइट हाउस कलेज र पिसी फाइटर ११ तथा दोश्रो खेलमा दिउसो १ बजे नेपाली राइनोज र शशस्त्र प्रहरी बल ( एपीएफ ) प्रतिस्पर्धा गर्नेछन् l

प्रतियोगिताको पुरा खेल तालिका हेर्न क्लिक गर्नुस 

 

Wicket Nepal

Brevity is the soul of wit. Even if you're William Shakespeare, you don't want to write an author bio that fills up the entire back cover. In an odd twist of logic, the more accomplished you are as an author, the shorter your author bio can be

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy