कोहलपुर ओपन क्रिकेट आज देखि

शारदा एजुकेशन पार्कको आयोजनामा बाँकेको कोहलपुरमा ‘कोहलपुर ओपन क्रिकेट प्रतियोगिता’ आज प्रस्तावित कोहलपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ। पुष २५ गतेसम्म संचालन हुने नकआउट प्रतियोगिताको बिबि साइकल सेन्टर र एफ एण्ड एफ फेसन एण्ड फेसन वेयर मुख्य प्रायोजक रहेको छ।

प्रतियोगितामा कुल १६ टिमको सहभागिता रहेको छ। न्यु दर्पण युथ क्लब, ढकेरी किंग्स, कोहलपुर क्रिकेट एकेडेमी, रनियापुर क्रिकेट क्लब, च्याम्पियन्स स्पोर्ट्स क्लब, कारकादो क्रिकेट क्लब, कोहलपुर स्ट्राइकर्स, जगुअर क्रिकेट क्लब, बिबि वारियर्स, रझेना टर्मिनेटर, युभीसीसी कोहलपुर, नेपालगंज च्याम्प, बिबिसीसी किर्तिपुर, राझा स्पोर्ट्स क्लब, सम्झना स्पोर्ट्स क्लब र न्युरोड-११ प्रतियोगितामा सहभागी टिमहरु हुन्।

कोहलपुर प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलहरु संचालन हुनेछ। प्रतियोगिताको उद्घाटन खेलमा विहान ९ बजे न्यु दर्पण युथ क्लब र जगुअर क्रिकेट क्लबले प्रतिस्पर्धा गर्नेछन्। यस्तै आजै दोश्रो खेलमा दिउसो १ बजे कोहलपुर स्ट्राइकर्स र करकादो क्रिकेट क्लबले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताको विजेता टिमले ५० हजार रुपैयाँ तथा उपविजेताले २१ हजार रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै प्रतियोगिताकै उत्कृस्ट खेलाडी, उत्कृस्ट ब्याट्सम्यान र उत्कृस्ट बलरले जनही १५ हजार रुपैयाँ तथा प्रत्येक खेलको प्लेयर अफ द म्याचले १ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]