‘खेलाडीको लागि ध्यान महत्वपूर्ण’ – शरद

द आर्ट अफ लिभिंगले भारतमा आयोजना गरेको ‘द वर्ल्ड समिट अन इथिक्स एण्ड लिडरसिप इन स्पोर्ट्स’ कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेटर शरद भेसावकरले पनि सहभागिता जनाएका छन्।

भारतको बैंगलोरमा आयोजित उक्त कार्यक्रममा भेसावकरले खेलमा मानसिक स्वास्थ्यको महत्वबारे बोल्दै आफ्नो खेल जीवनमा आर्ट अफ लिभिंगले पारेको प्रभाव बारे बताएका थिए। त्यसक्रममा शरदले बिगत झन्डै एक दशक देखि आर्ट ओफ लिभिंगको ध्यान गर्दै आएको जसले गर्दा मैदानमा उर्जावान हुनुको साथै तनाव व्यवस्थापन गर्न समेत ठूलो मद्दत गरेको बताए।

शरदले युवा खेलाडीहरुलाई ध्यान र योगासंग परिचित गराउनु पर्नेमा जोड दिंदै खेलमा हारलाई समेत सकारात्मक रुपमा लिन मद्दत हुने बताए।

उनले खेलाडीहरुको ग्लोबल प्लेटफर्म र हटलाईन नम्बर हुनु पर्ने जसमा आफ्नो मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न पाउने व्यवस्था हुनु पर्ने बताए। एन्टी-डोपिंग र एन्टी करप्सन युनिट जस्तै खेलाडीहरुमाझ लागि योगा र ध्यान जोड्न माध्यम बनाउनु पर्नेमा उनले जोड दिए।

उनले खेलाडीहरुको शरीर सुहाउँदो शाकाहारी र भेगन डाईटबारे समेत धारणा राख्दै शाकाहारी भोजनबाट समेत पर्याप्त पोषण पाउन सकिने जानकारी गराए। त्यस क्रममा उनले भेगन डाईटमा रहेका धेरै एथलिटहरुले ओलम्पिकमा गोल्ड मेडल ल्याएको उदाहरण दिए।

सन् २००४ मा नेपाली राष्ट्रिय टिमको लागि डेब्यु गरेका भेसावकर नेपाललाई २०१४ टि-ट्वान्टी विश्वकपमा छनोट गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

 





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]