किरणको शतकमा सुदूको पहिलो जित

२०८१ फाल्गुन २६, सोमबार १६:३५

काठमाडौं । प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले पहिलो जित निकालेको छ।

दाङको देउखुरीमा भएको खेलमा सुदूरले गण्डकी प्रदेशलाई ६ विकेटले हराएको हो। गण्डकीले दिएको २२१ रनको लक्ष्य सुदूरले ७ ओभर बाँकी छँदै ४ विकेटको क्षतिमा भेट्टायो।

सुदूरका लागि किरण ठगुन्नाले अविजित शतकीय पारी खेले। १०१ बलमा उनले ९ चौका र ६ छक्कासहित १२१ रन बनाए। कप्तान नारयण जोशी ३८ रनमा अविजित रहे।

गण्डकीका बिपिन खत्री, अमृत गुरुङ, कमल परियार र अर्जुन कुमालले १-१ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले ५० ओभरमा ८ विकेट गुमाएर २२० रन बनायो। दीपक डुम्रेले सर्वाधिक ६० रन बनाए भने अर्जुन कुमालले ५७ रन बनाए।

सुदूरका शेर मल्लले १० ओभरमा ३४ रन दिएर ३ विकेट लिए। नारायण जोशीले ८ ओभरमा २१ रन दिएर २ विकेट लिए। हेमन्त धामी, मिलन बोहरा र अर्जुन बिकले १-१ विकेट लिए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy