भारत बिरुद्ध इंग्ल्यान्डको कीर्तिमानी जित

निर्णायक पाँचौ टेस्टमा भारत बिरुद्ध कीर्तिमानी जित दर्ता गर्दै घरेलु टोलि इंग्ल्यान्डले पाँच खेलको टेस्ट सिरिज २-२ को बराबरीमा अन्त्य गरेको छ।

भारतले दिएको ३७८ रनको लक्ष पछ्याएको इंग्ल्यान्डलाई पाँचौ दिन जित्न थप ११९ रन आवस्यक हुँदा साथमा ७ विकेट बाँकी थियो। अघिल्लो दिन अविजित रहेका जो रुट र जोनी बेयरस्टोले पाँचौ दिन विकेट नगुमाई लक्ष पार गरेका हुन्। इंग्ल्यान्डले ७६.४ ओभरमा लक्ष भेटायो।

जो रुटले १७३ बलमा १९ चौका र १ छक्का मद्दतले १४२ रन तथा बेयरस्टोले १४५ बलमा १५ चौका र १ छक्का मद्दतले ११४ रन बनाए। भारतको लागि जस्प्रित बुम्राहले २ विकेट लिए।

टेस्टको पहिलो इनिंग्समा भारतले रिशभ पन्त र रभीन्द्र जडेजाको शतक मद्दतले ४१६ रन बनाएको थियो। इंग्ल्यान्डले पहिलो इनिंग्समा जोनी बेयरस्टोको शतक मद्दतले २८४ रन बनायो। भारतले दोश्रो इनिंग्समा २४५ रन बनाएपछि इंग्ल्यान्डले चुनौतिपूर्ण लक्ष्य पाएको थियो।

इंग्ल्यान्डको कीर्तिमान

इंग्ल्यान्ड टेस्ट क्रिकेट इतिहासमै लगातार ४ खेलमा २५० भन्दा माथिको लक्ष पछ्याउने पहिलो टिम बनेको छ। उसले न्युजिल्यान्ड बिरुद्ध यस अघिको सिरिजमा २७७, २९६ र २९९ रनको लक्ष पछ्याएको थियो।

यो जित टेस्ट क्रिकेट इतिहासमै इंग्ल्यान्डले पछ्याएको सबैभन्दा ठूलो लक्ष हो। यस्तै भारत बिरुद्ध कुनै पनि देशले पछ्याएको यो सबैभन्दा ठूलो लक्ष हो। यो इंग्ल्यान्ड भूमिमा पछ्याईएको दोश्रो ठूलो लक्ष हो। टेस्ट क्रिकेट इतिहासमा पछ्याइएको यो आठौँ ठूलो लक्ष हो।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]