डिसिएलको प्लेयर अफ द म्याचको प्रायोजकमा किसान ट्रेडिङ कन्सर्न

घोराही, ४ फागुन ।

दाङ जिल्ला क्रिकेट संघको आयोजनामा फागुन १४ गतेदेखि दाङमा हुन लागेको दाङ क्रिकेट लिग–२ को प्लेयर अफ म्याचलाई प्रदान गरिने नगद राशिको प्रायोजक किसान ट्रेडिङ कन्सर्न बनेको छ ।

प्रतियोगिताको सम्पूर्ण खेलमा प्लेयर अफ म्याचलाई किसान ट्रेडीङ् कन्सर्नले नगद पुरस्कार प्रायोजन गर्ने भएको हो । किसान ट्रेडिङ कन्सर्नले सोनालिका प्लेयर अफ द म्याच भनेर प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई पाँच हजार नगद प्रदान गर्ने गरि शुक्रबार किसान ट्रेडिङ कन्सर्नका कार्यकारी निर्देशक मशकुर अहमद र संघका अध्यक्ष प्रदीप मजगैयाँबीच सम्झौता भएको छ ।

खेलाडी किन बेच आधारित प्रतियोगितालाई धरैले चासोको रुपमा लिएका बेला किसान ट्रेडिङ कन्सर्नले चासो देखाएको हो । डिसिएल–२ मा पाँच वटा फ्रेन्चाईज क्लबको सहभागीता रहने भएको छ । ती क्लबमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलीसकेका खेलाडीसहित जिल्लाका उमेर समुहका खेलाडीहरुको सहभागीता रहने भएको छ ।

जिल्लामा हुन लागेको ठुलो प्रतियोगिता सफल बनाउन सामाजिक उत्तर दायित्व बहन गर्दै किसान ट्रेडिङ कन्सर्न जोडिएको कार्यकारी निर्देशकले बताउनुभयो । किसान ट्रेडिङ कन्सर्नले लामो समयदेखि दाङमा सोनालिका ट्रयाक्टर बिक्रि गर्दै आएको छ ।

यो पनि पढ्नुस : फागुन ५ मा दाङ क्रिकेट लिगको अक्सन, राष्ट्रिय क्रिकेटरहरुको बाक्लो उपस्थिति

यसैबीच, दाङ जिल्ला क्रिकेट संघको आयोजनामा फागुन १४ गतेदेखि दाङमा संचालन हुन लागेको दाङ क्रिकेट लिग–२ का लागि दाङ निवासी पूर्व राष्ट्रिय क्रिकेट खेलाडी तथा नेपाली सेनाको सहसेनानी पदमा कार्यरत शरद मरासिनीले आफ्नो स्वर्गीय हजुरआमा देवीकला रिजाल मरासिनीको स्मृतिमा प्रतियोगिताका लागि नगद २५ हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।
उहाँले डिसिएलका लागि उत्कृष्ट खेलाडीहरुलाई प्रदान गरिने पुरस्कारका लागि हरेक वर्ष २५ हजार रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता पनि जनाउनु भएको संघका अध्यक्ष प्रदीप मजगैयाँले जानकारी दिनुभयो ।

दाङमा क्रिकेटको विकाससँगै खेललाई व्यावसायिक बनाउने लक्ष्यका साथ संचालन गर्न थालिएको डिसिएल–२ प्रतियोगितामा देउखुरी वारियर्स, घोराही टाईगर्स, पुरन्धारा च्यालेन्जर्स, तुलसीपुर रोयल्स र दंगाली लायन्स गरी पाँच वटा फ्रेन्चाईज टोली रहेका छन् । यी पाँच वटा फ्रेन्चाईज क्लबले अनलाईन रजिष्ट्रेशन भरेका खेलाडीहरुलाई प्रतियोगिताको मापदण्डमा रही अक्सनका आधारमा खरीद बिक्री गर्नेछन् ।

खेलाडी अक्सन फागुन ५ गते हस्पिटालिटी पार्टनर रहेको भिंग्रेली भिलेज रिसोर्टमा हुने भएको छ । प्रत्येक टीम मालिकहरुले पाँच जनासम्म राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीसहित दाङ जिल्लाभित्रका यु–१६ का २ जना, यु–१९ का २ जना र सिनियर ५ जनासहित १४ जनाको टिम बनाउनुपर्ने व्यवस्था गरिएको छ ।

जसमा १२ जना खेलाडी अक्सनमार्फत छनोट हुने छन भने राष्ट्रिय तथा अन्तरास्ट्रिय खेल खेलिसकेका एक÷एक जना मार्की र टिम कप्तानका रुपमा टिम मालिकहरुले आफै छनोट गर्न सक्ने व्यवस्था गरिएको छ ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy