दक्षिण अफ्रीका वानडे सिरिजमा भारतको कप्तानी राहुलले गर्ने, १८ सदस्यीय टिमको घोषणा

भारतको दक्षिण अफ्रीका भ्रमण अन्तर्गत जनवरी १९ तारिख देखि सुरु हुने तिन वटा एकदिवसीय अन्तर्राष्ट्रियको सिरिजमा भारतीय टिमको कप्तानी केएल राहुलले गर्ने भएका छन्।

नवनियुक्त कप्तान रोहित शर्मालाई कप्तान नियुक्त गरिएता पनि उनि घाइते भएका कारण प्रतियोगिताबाटै बाहिर भएपछि उपकप्तान राहुलले ठूलो जिम्मेवारी पाएका हुन्। राहुललाई भारतीय क्रिकेट बोर्डले भविष्यको स्थायी कप्तानको रुपमा हेरीरहेको छ।

भारतले एकदिवसीय सिरिजको लागि शुक्रबार १८ सदस्यीय टिमको घोषणा गरेको छ। टिमको उपकप्तानको जिम्मेवारी पेसर जस्प्रित बुम्राहले पाएका छन्।

अन्तिम पटक सन् २०१७ मा एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका भेटरान अफ स्पिनर रभीचन्द्रन आश्विनलाई टिममा फिर्ता बोलाइएको छ। आश्विनले टि-२० टिममा पनि यो वर्ष पुनरागमन गर्दै टि-२० विश्वकप खेलेका थिए।

घोषित टिममा भर्खरै सम्पन्न विजय हजारे ट्रफीमा प्रभावशाली प्रदर्शन गरेका रुतुराज गायकवाड, भेंकटेस ऐयरलाई मौका दिईएको छ। घाइते भएका कारण टि-ट्वान्टी विश्वकप गुमाएका वासिंगटन सुन्दर टिममा फर्केका छन्। यस्तै न्युजिल्यान्ड बिरुद्ध टेस्ट डेब्युमा उत्कृस्ट प्रदर्शन गरेका श्रेयस ऐयर पनि टिममा छन्।

भारतीय एकदिवसीय अन्तर्राष्ट्रिय टिम : केएल राहुल ( कप्तान ) , शिखर धवन, रुतुराज गायकवाड, बिराट कोहली, सुर्यकुमार यादव, श्रेयस ऐयर, भेंकटेस ऐयर, रिशभ पन्त ( विकेटकिपर ) , इशान किशन ( विकेटकिपर ) , युजभेन्द्र चाहल, रभीचन्द्रन आश्विन, वासिंगटन सुन्दर, जस्प्रित बुम्राह ( उपकप्तान ) , भुवनेश्वर कुमार दिपक चाहर, प्रसिध कृष्णा, शार्दुल ठाकुर, मोहम्मद सिराज





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]