केएमसी कोहलपुरलाई विरेन्द्र शाही मेमोरियल क्रिकेटको उपाधि

होलिल्याण्ड नेपालगंजलाई ४७ रनले पराजित गर्दै केएमसी कोहलपुरले विरेन्द्र शाही मेमोरियल अन्तर कलेज टि-ट्वान्टी’ क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

प्रस्तावित कोहलपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा सम्पन्न खेलमा केएमसीले दिएको १५७ रनको लक्ष्य पछ्याउने क्रममा होलिल्याण्डले १०९ रनमा सबै विकेट गुमायो। प्रनित थापाले ३७, यशार्थ गुप्ताले २३ रन बनाएता पनि होलिल्याण्डलाई जित दिलाउन सकेनन्। केएमसीका बलर लभकुश यादव, अजय सहानी र अमर सिंह रौटेलाले समान २ विकेट लिए।

टस जितेर ब्याटिंग गरेको केएमसीले निर्धारित २० ओभरमा ७ विकेट क्षेतीमा १५६ रन बनायो। उसको लागि अजय सहानीले सर्वाधिक ४२ रन, अमर सिंह रौटेलाले ३५ रन बनाए। होलिल्याण्डका बलर गोपाल केसी र दिपेश वर्माले समान २ विकेट लिए।

उपाधि सहित केएमसी कोहलपुरले ५० हजार रुपैयाँ हात पार्यो भने उपविजेता होलिल्याण्डले २५ हजार रुपैयाँ प्राप्त गर्यो।

प्रतियोगिताकै उत्कृस्ट खेलाडी नासिर अन्सारी, उत्कृस्ट ब्याट्सम्यान प्रनित थापा मगर, उत्कृस्ट बलर हर्शील जंग शाही तथा उदयमान खेलाडी देपिन बिस्ट घोषित भए।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]