कोहलपुरमा क्रिकेट एकेडेमी संचालन हुने, पूर्व कप्तान एलबि क्षेत्री मुख्य प्रशिक्षक

बाँके जिल्लाको कोहलपुरमा पहिलो पटक क्रिकेट एकेडेमी ‘कोहलपुर स्पोर्टस् एकेडेमी’ स्थापना भएको छ।

नेपाली अन्डर-१६ राष्ट्रिय क्रिकेट टिमको प्रतिनिधित्व गरिसकेका स्थानीय क्रिकेटर अजय साहनी र क्षेत्रीय क्रिकेटर बिनायक गिरिको संयुक्त लगानी रहेको एकेडेमी साउन पहिलो साता देखि संचालनमा आउनेछ।

एकेडेमी कोहलपुर स्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमै अवस्थित रहेको छ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान लेख बहादुर क्षेत्री ( एलबि क्षेत्री ) एकेडेमीको मुख्य प्रशिक्षक नियुक्त गरिएको छ। क्षेत्रीले सन् १९९८ मा नेपाली रास्ट्रिय क्रिकेट टिमको कप्तानी गरेका थिए। यस्तै अन्डर-१९ राष्ट्रिय क्रिकेटर रहीसकेका अनुपम सिंह पनि प्रशिक्षकको भूमिकामा रहनेछन्।

कोहलपुरमा क्रिकेट एकेडेमी संचालनमा ल्याउन लागिएको यो पहिलो अवसर हो। स्थानीय खेलाडीहरुलाई स्तरीय अवसर प्रदान गरि भविष्यमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको खेलाडी जन्माउने उद्देश्यका साथ एकेडेमी सुरुवात गर्न लागीएको संचालक बिनायक गिरि बताउँछन्-

“हामि आफै क्रिकेटर हुँदा स्थानीय क्रिकेटर हुनुको नाताले भोगेको चुनौतीहरु अबको पिंडीले भोग्नु नपरोस् भन्ने सोचले एकेडेमी स्थापना गरेका हौँ। कोहलपुरमा क्रिकेट सिक्ने स्थान, प्रतिभा देखाउने अवसर र सिस्टमको अभाव हुन नदिने हाम्रो उद्देश्य हो। एकेडेमीको स्थापना पछि प्रतिभा भएका खेलाडीहरु अवसरको अभावले ओझेलमा पर्ने परिस्थिति अब अन्त्य हुनेछ।” गिरिले बताए।

एकेडेमीमा स्तरीय अभ्यास सहित फिटनेस, जिम, नेट सेसन, होस्टल तथा नियमित खेल अभ्यासको व्यवस्था गर्न लागेको गिरिले जानकारी गराए- “प्रशिक्षार्थीहरुलाई नेट अभ्याससंगैअत्यावश्यक खेल अभ्यासको कमि नहोस् भन्ने सोच हाम्रो रहेको छ त्यसैले नियमित खेल अभ्यासलाई हामीले प्राथमिकतामा राखेका छौँ। नियमित प्रतियोगिताहरु समेत आयोजना गर्दै खेलाडीहरुलाई अवसर प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्छौं।” गिरिले बताए।

दुई स्थानीय युवा क्रिकेटर बिनायक गिरि ( बायाँ ) र अजय साहनी ( दायाँ ) को
संयुक्त लगानीमा एकेडेमी स्थापना भएको हो

एकेडेमीले भर्ना लिन सुरु गरिसकेको र सुरुवात नहुँदै उत्साहजनक प्रतिक्रिया आएको अर्का संचालक अजय साहनीले बताए-“एकेडेमी संचालन हुने कुराले स्थानीय क्रिकेट प्रेमी र खेलाडीहरु उत्साहित छन् जसले हामीलाई प्रोत्साहन दिईरहेका छन्। भर्ना सुरु गरेसंगै सिक्ने विधार्थीहरु हामिसंग सम्पर्कमा आउनु शुभ संकेतको रुपमा लिएका छौं।”

“हामीले क्रिकेट सुरुवात गर्दा कोहलपुरमा सिक्ने राम्रो अवसर थिएन, जसको अन्त्य हुनुपर्छ र अझ प्राकृतिक क्षमतावान क्रिकेटरहरु यो क्षेत्रबाट उत्पादन गर्दै नेपालको लागि खेल्ने खेलाडी उत्पादन गर्नुपर्छ भन्ने उद्देश्य लिएका छौँ।” २०१२ मा नेपाली अन्डर-१६ राष्ट्रिय क्रिकेट टिमको प्रतिनिधित्व गरेका साहनीले बताए।

साउन पहिलो साताको अन्तिममा एकेडेमी संचालन गर्न तयारी अन्तिम चरणमा पुगेको छ। एकेडेमीले त्यस अघि भर्ना लिन भने सुरु गरिसकेको छ।





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]