कोशीविरुद्ध सुदूरपश्चिम ३१ रनले विजयी

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा कोशी प्रदेशमाथि ३१ रनको जित हासिल गरेको छ।

देउखुरी क्रिकेट स्टेडियममा आइतबार सम्पन्न खेलमा सुदूरले दिएको २४३ रनको लक्ष्य पछाएको कोशीले ४५.१ ओभरमा सबै विकेट गुमाएर २१२ रन मात्रै बनाउन सक्यो।

सकिब हकले ६६ बलमा ६२ रन बनाए पनि कोशीको जितमा प्रयाप्ता भएन। अंकृत सुवेदी र समिर कार्कीले समान ३८ रन बनाउँदा आशिष भट्टराई ३६ रन बनाए।

यता, सुदूरका लागि सुर्य श्रेष्ठले ३ विकेट लिँदा भोजराज भट्टले २ विकेट हात पारे।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमका लागि किरण ठगुन्नाको शतकको प्रहार गरेका थिए।

ठगुन्नाले आक्रामक शतकसहित ११५ रन बनाउँदै सुदूरपश्चिमले २४२ रनको योगफल बनाएकाे थियाे। ठगुन्नाको प्रधानमन्त्री कपको सिजनको यो दोस्रो शतक हो।

टेक रावतले १६, अर्जुन विकले १०, शेर मल्ल र कप्तान नारायण जोशी १४ रन थेपर बाहिरिए।

कोशीका लागि ज्ञानेन्द्र श्रेष्ठले ३, कप्तान अंकित सुवेदी र फिरोज अनसारी समान २/२ विकेट लिँदा दीपेश कँडेल र प्रकाश कार्कीले समान १/१ विकेट लिएका थिए।

यो जितपछि सुदूरपश्चिमले तेस्रो जित हासिल गरेको छ। सुदूले ८ खेलमा ६ अंक भएको छ। कोशीले भने ८ खेलमा सातौं हार बेहोरेको छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy