केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको छ।

पोखरा रंगशालामा सम्पन्न समुह ‘सी’ अन्तर्गतको खेलमा पुलिसले दिएको १५९ रनको लक्ष्य सुदूरपश्चिमले ८ बल बाँकी हुँदै ६ विकेट गुमाएर पुरा गर्यो। स्कोरकार्ड 

सुदूरपश्चिमको जितपछि समुह ‘सी’ मा रहेका तिन वटै टिम पुलिस, सुदूरपश्चिम र मधेश प्रदेशको समान २ अंक रहेपछि नेट रन रेटको आधारमा मधेश प्रदेश सेमीफाइनल प्रवेश गरेको हो। २ खेलमा १ जित र १ हार पछि मधेशको नेट रन रेट १.४७२ हुँदा समान नतिजा बेहोरेको पुलिसको नेट रन रेट १.०८४ र सुदूरपश्चिमको -३.२२९ रह्यो। समुहको यस अघि सम्पन्न खेलहरुमा मधेश प्रदेशले सुदूरपश्चिमलाई ८ विकेटले पराजित गरेको थियो भने पुलिसले मधेशलाई ५७ रनले पराजित गरेको थियो।

ठगुन्नाको आक्रामक ब्याटिंग 

पुलिसले दिएको १५९ रनको लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमले ४६ रन बनाउदा ५ विकेट गुमाइसकेको थियो। तर छैठौं नम्बरमा ब्याटिंग गरेका किरण ठगुन्नाले आक्रामक अर्धशतक बनाउदै टिमलाई जितसम्म पुर्याए। उनले ३४ बलमा ४ चौका र २ छक्का मद्दतले अविजित ५१ रन बनाए। नरेन साउदले ३० बलमा ३९ रन बनाए। ठगुन्ना र साउदले छैठौं विकेटको लागि ९३ रन जोडे।  यस्तै नारायण जोशीले मात्र ७ बलमा २ चौका र १ छक्का मद्दतले अविजित १७ रन बनाए।

पुलिसका बलर राशिद खानले ३ विकेट लिंदा ४ ओभरमा २७ रन खर्चिए। सुनिल धमला र सागर ढकालले १/१ विकेट लिंदा टिमका दुई मुख्य बलर करन केसी, ललित राजवंशी विकेटविहिन रहे। करनले ३.४ ओभरमा ३७ रन खर्चिंदा ललितले ३ ओभरमा २९ रन खर्चिए।

Kiran Thagunna of Sudur Paschim Province

यस अघि टस जितेर ब्याटिंग गरेको पुलिसले २० ओभरमा ४ विकेट गुमाएर १५८ रन बनायो। उसको लागि ओपनर कुशल भुर्तेलले ६७ रन योगदान दिए जुन क्रममा उनले ५१ बलमा ५ चौका र ५ छक्का प्रहार गरे। अर्का ओपनर सुनिल धमलाले ४० बलमा ४२ तथा अर्जुन साउदले १७ बलमा २० रन बनाए।

सुदूरपश्चिमका बलर बिकाश आग्रीले २ तथा भोज राज भट्ट र बसन्त खत्रीले १/१ विकेट लिए।

आर्मी सेमीफाइनलमा 

आजै सम्पन्न दोश्रो खेलमा प्रदेश-१ लाई ३९ रनले पराजित गर्दै समुह ‘डी’ बाट त्रिभुवन आर्मी क्लबले सेमीफाइनलमा स्थान पक्का गर्यो। यस अघि आर्मीले आयोजक टोलि मदन भण्डारी स्पोर्ट्स एकेडेमी ब्लुलाई ११० रनले पराजित गरेको थियो।

आर्मीले दिएको १८७ रनको विशाल लक्ष्य पछ्याएको कोशी प्रदेशले १८.२ ओभरमा १४७ रन बनाउदा सबै विकेट गुमायो। स्कोरकार्ड

कोशी प्रदेशका ओपनर सोनु अन्सारीले ३३ बलमा ६ चौका र २ छक्का मद्दतले ४४ रन बनाए पनि जित्न पर्याप्त रहेन। समिर कार्कीले ३४, सुजन थपलियाले २१ तथा मिनास थापाले १६ रन बनाए।

आर्मीका बलर सोमपाल कामि र बिबेक यादवले २/२ तथा जितेन्द्र मुखिया, बसिर अहमद, शाहब आलम र रोहित पौडेलले १/१ विकेट लिए।

टस जितेर ब्याटिंग रोजेको आर्मीले २० ओभरमा ७ विकेट गुमाएर १८६ रन बनायो।

आर्मीको लागि भिम शार्कीले सर्वाधिक ५३ रन बनाए जुन क्रममा मात्र २४ बलमा ३ चौका र ५ छक्का प्रहार गरे। यस्तै ओपनर सन्तोष कार्कीले ४१ बलमा ५ चौका र २ छक्का मद्दतले ५० रन बनाए। रोहित पौडेलले २३ तथा कप्तान बिनोद भण्डारीले १७ रन बनाए। कोशी प्रदेशका बलर सर्वन यादवले ३ विकेट लिंदा कमल खत्रीले २ विकेट लिए।

सेमीफाइनल पुग्ने टिममहरुको टुंगो लाग्यो 

प्रतियोगिता अन्तर्गत समुह ‘ए’ बाट बागमती प्रदेश, समुह ‘बि’ बाट शशस्त्र प्रहरि बल, समुह ‘सी’ बाट मधेश प्रदेश र समुह ‘डी’ बाट त्रिभुवन आर्मी क्लब सेमीफाइनल प्रवेश गरेका छन्।

प्रतियोगिताको मङ्सिर १४ गते बिहिबार हुने सेमीफाइनलमा बागमती प्रदेशले त्रिभुवन आर्मी क्लब र शास्त्र प्रहरी बलले मधेश प्रदेशसंग प्रतिस्पर्धा गर्नेछ। फाइनल खेल मङ्सिर १५ गते खेलिनेछ।

प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार नगद सहति मेडल र ट्रफि प्राप्त गर्ने छन् । म्यान अफ द सिरिजले नगद ३० हजार, बेस्ट व्याटर र बलरले जनही नगद २०र२० हजार तथा म्यान अफ द म्याचले नगद ५ हजार रुपैयाँ पाउने छन् । प्रतियोगिता १५ गते सम्म सञ्चालन हुनेछ ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]